पत्रकार मनोज बोगटी र उमेश दर्जीलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कार्यकर्ताहरूले गरे कुटपिट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, October 10, 2023

पत्रकार मनोज बोगटी र उमेश दर्जीलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कार्यकर्ताहरूले गरे कुटपिट

गफसफ, कालेबुङ 10 अक्टोबर।

समाचार सङ्कलन गर्न जाने क्रममा खबर म्यागजिन-का सम्पादक अनि केटीभी-का पत्रकार उमेश दर्जीलाई कुटपिट गरिएको छ। उनीहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कार्यकर्ताहरूले अचानक कुटपिट गरेको पीडित पत्रकारद्वयले आरोप लगाएका छन्। उनीहरू दुवैलाई कुटपिट गर्दै गरेको भिडियो समेत सार्वजनिक भएको छ। जसमा दुवै पत्रकारहरूलाई पछीबाट गाली गर्दै मुक्का हिर्काउँदै गरेको देख्न सकिन्छ।  

उक्त घट्ना राष्ट्रिय राजमार्ग 10 अन्तर्गत गेल खोलामा भएको हो। उनीहरू गत 4 अक्टोबरको दिन टिस्टा नदीमा आएको बाडले टिस्टा नदी किनारामा रहेका मानिसहरूलाई पारेको प्रभावबारे समाचार सङ्कलन गर्दै गेल खोला पुगेका थिए। त्यसै समय टिस्टा नदीमा आएको बाडले प्रभावित बनेकाहरूको अवस्था बुझ्न गेल खोलामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल पनि आफ्ना दस्तासँग गेल खोलामा आइपुगेका थिए। सोही समय अनित थापासँगै हिँड्ने पार्टीका कार्यकर्ताहरूले थापाकै उपस्थितिमा कुटपिट गरेको हो भनेर पीडित पत्रकारद्वयले आरोप लगाएका छन्।

“हामीलाई गेलखोलामा अनित थापाको उपस्थितिमा कुट्ने कार्य गर्‍यो” –भिडियोमा पत्रकार उमेश दर्जीले भनेका छन्। उनले भिडियो रेकर्ड गरिरहेको समयमा पनि पछीबाट आएर युवाहरूले मनोज बोगटीलाई हिर्काएको स्पष्ट देखन् सकिन्छ।

उक्त घट्नापछी पत्रकारद्वयले रम्बी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर स्वास्थ्य जाँच गरी रम्बी थानामा घट्नाबारे सूचित गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad