टिस्टाको ताण्डव : सेनाका 24 जवान निखोज, सिङ्ताम क्षेत्रबाट पाँचजनाको मृतदेह उद्धार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 4, 2023

टिस्टाको ताण्डव : सेनाका 24 जवान निखोज, सिङ्ताम क्षेत्रबाट पाँचजनाको मृतदेह उद्धार

4 अक्टोबर 2023, सिङ्ताम / कालेबुङ ।

उत्तर सिक्किममा हिम तलाव फुटेर जलप्रलय आउँदा आज टिस्टा नदीले विकराल रुप धारण गरेको थियो। जसको चपेट परेर धेरै मानिसहरूले आफ्नो प्राण गुमाउनु परेको छ भने अहिलेसम्म कतिजनाले ज्यान गुमाए भन्ने कुराको आधिकारिक पुष्टि भने हुन सकेको छैन।


प्राप्त जानकारी अनुसार उत्तर सिक्किममा अवस्थित लोहनाक झिल आज फुटेर अचानक जलप्रलय आएको थियो। जसको चपेटमा परेर चुङथाङ जलविद्युत परियोजनाको ड्याम फुटेर टिस्टा नदीमा अझ ठूलो जलप्रलय आउँदा सबैभन्दा धेर क्षति सिङताम सिक्किममा हुन पुगेको छ।



माथिबाट आएको टिस्टा नदीको जलप्रलय यति डरलाग्दो थियो कि जसको कारण सिङताम नजिक बरदाङमा अवस्थित सेना छाउनीमा राखेका धेरैवटा सेनाका वाहनहरू टिस्टा नदीले बगाएर लगेको छ। यस सँगै उक्त सेना छाउनीबाट सेनाका मोठ 24 जना जवानहरू समेत टिस्टा नदीमा बगेर निखोज बनेका छन्। जसको अहिलेसम्म कुनै पत्तो समेत लाग्न सकेको छैन।

यता टिस्टा नदिको जलस्तर बढेर सिक्किमको सिङताम बजारमा डुबाऊको स्थिति सिर्जना भएको थियो भने नदी किनारमा भएका धेरवटा घरहरू नदीसँगै बगेर गएको छ। यसका साथै नदीको चपेट परेर धेरैजना निखोज बनेका छन् भने अहिलेसम्म सिक्किमबाट पाँचजनाको मृतदेह उद्धार गरिएको छ।


पुलिस सूत्रबाट प्राप्त जानकारी अनुसार सिक्किमको सिङ्ताम क्षेत्रक़ॉ लालबजारबाट भरत विश्वकर्म र लाक्पा तामङको शव उद्धार गरिएको छ भने सिङताम गोलीटार क्षेत्रबाट एउटै परिवारका सदस्यहरू क्रमैले रामकुमार शर्मा, भूषण शर्मा र रुबी देवी शर्माको मृतदेह उद्धार गरिएको छ। यस लगायत सिङताम थानामा अहिलेसम्म मोठ 13 जना निखोज बनेको प्राथमिकी दर्ता भएको छ।


अचानक नदीको जलस्तर बढेपछी पुलिस प्रशासनले तत्काल सतर्कता अप्नाउँदै रातीको समयदेखी नै क्षेत्रमा माइकिङ गरेर मानिसहरूलाई सुरक्षित स्थानमा निस्कने आह्वान गरेको थियो। यद्यपी उक्त नदीको चपेटमा परेर कतिजना बगे भन्ने कुराको कुनै आधिकारिक बयान भने आउन सकेको छैन। उक्त घट्नापछी बिहानैदेखी पुलिस प्रशासन, एनडीआरएफ, एसडीआएरएफ लगायत स्थानीय मानिसहरूले उद्धार कार्यमा हात बढाएका थिए भने धेरैजना मानिसहरूले अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन।

माथिबाट आएको बाडको कारणले दक्षिण सिक्किमलाई जोड्ने सिङ्तामको ईण्द्रेणी पुलसँगै अर्को एउटा पुल बगाएएर लगेको छ भने धेरैवटा यस्ता पुलहरू बगाएको हुनसक्ने सम्भावना प्रशस्तै रहेको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार यस प्राकृतिका आपदाको चपेटमा परेर बाघे खोलामा सातजना मानिसहरू बेपत्त भएका छन् भने 17 जना घाइते बनेका छन्। जसलाई सिङ्ताम अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ। यसका साथै माजिटार क्षेत्रबाट अहिलेसम्म तीनजना मानिसहरू निखोज भएको खबर प्राप्त भएको छ।



यता टिस्टाको जलस्तर बडेपछी यता राष्ट्रिय राजमार्ग 10 को ठाउँ-ठाउँमा पैह्रो गएर पूर्णरूपले बन्द भएको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्ग 10 मल्ली नजिक पूर्णरूपले टिस्टा नदीले बगाएर लगेको छ। यातायात गर्न सक्ने उक्त ठाउँमा कुनै सम्भावना नै रहेको छैन। यता टिस्टा नदीले लिखुभीर अनि गेलखोला नजिक लगभग 20 मिटर भन्दा धेर बाटो पूर्णरूपले बगाएर लगेको छ। यस लगायत रबीझोडा नजिक पनि पैह्रो गएर बाटो बन्द रहेको समाचार प्राप्त भएको छ। यस लगायत पनि टिस्टादेखी सेभोकसम्म बिभिन्न स्थानहरूले टिस्टा नदीले राष्टिय राजमार्गलाई बगाएर लगेको कारण बाटो पूर्णरूपले बन्द रहेको छ भने अहिले नै बाटो खोलिने सम्भावना भने रहेको छैन।

No comments:

Post a Comment

Post Bottom Ad