हिमाली राज्य सिक्किममा भित्रियो कोरोना भाइरस ; दिल्लीबाट सिक्किम आइपुगेका युवक कोरोना सङ्क्रमित भएको पुष्टि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 23, 2020

हिमाली राज्य सिक्किममा भित्रियो कोरोना भाइरस ; दिल्लीबाट सिक्किम आइपुगेका युवक कोरोना सङ्क्रमित भएको पुष्टि

गफसफ.com, 23 मई 2020, गान्तोक ।

वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरस हिमाली राज्य सिक्किममा पनि प्रवेश गरेको छ। अहिलेसम्म सिक्किम राज्यमा प्रवेश गर्न नसकेको कोरोना भाइरस सङ्क्रमित एकजना युवक फेला परेको छ। यसबारे राज्यका स्वास्थ सचिव डा.पीडी भोटियाले पत्रकारहरूलाई जानकारी गराएका छन्।

दिल्लीको हैदरपुरबाट सिक्किम आइपुगेका 25 वर्षिय युवकले गत 17 मईका दिन दिल्लीबाट सिक्किमको यात्रा गरेको थियो भने उनी 19 मईका दिन सिक्किम आइपुगेक थिए। दिल्लीमा कोचिङ गरिरहेका उक्त युवक दक्षिण सिक्किमको बासिन्दा रहेको पनि डा. पीडी भोटियाले बताएका छन्। दिल्लीबाट सिलगडी आइपुगेपछि उनले एस.एन.टी. बस मार्फत् सिक्किमको यात्रा गरेको अनि त्यस बसमा त्यसबेला 12 जना यात्रीहरू रहेको उनले थप जानकारी दिएका छन्। उनीहरू सबैनै त्यसै समयदेखि क्वारान्टाइनमा बसेको अनि हाल सबैजना सरकारको देखरेखमा क्वारान्टाइनमा रहेको उनले स्पष्ट पारेका छन्।  उक्त युवकले यात्रा गरेको बसका चालकलाई पनि चाँढै विभागले जाँच गर्ने पनि जानकारी दिएका छन्।

सिक्किम 19 मईका दिन भित्रिएका उक्त युवकलाई गत 21 मईका दिन ज्वरो आएपछि उनको कोरोना भाइरसको जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ सचिव पीडी भोटियाले बताएका छन्। हाल उक्त युवक एसटीएनएम अस्पतालमा उपचाराधीन रहेको पनि उनले जानकारी दिँदै उक्त युवक क्वारान्टाइनमा बसेको ठाउँमा अन्य पनि क्वारान्टाइनमा रहेको कारण त्यहाँ रहेका सबैको कोरोना जाँच गरिने पनि उनले बताएका छन्। यसका साथै दिल्लीबाट सिक्किमको यात्रा गर्दा उनीसँग सिक्किमका अन्य मानिसहरू पनि रहेको कारण ती सबैलाई पत्तो लगाएर विभागले जाँच गर्ने पनि उनले जानकारी दिएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad