कालेबुङमा एक महिलाको हत्या ; आरोपी पक्राऊ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 21, 2023

कालेबुङमा एक महिलाको हत्या ; आरोपी पक्राऊ

२१ सितम्बर २०२३, कालेबुङ। 

कालेबुङ शहरबाट केही तलतिर साधुधारा नजिक उमा देवी नाम गरेको महिलाको हत्या भएको छ। उक्त घट्ना आज बेलुकी लकभग ७ बजेतिर भएको हो। मिश्री लाल प्रसादकी पत्नी उमादेवी प्रसादको टाउकोमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको कालेबुङ जिल्ला पुलिस अधिक्षक अपराजिता राईले पुष्टि गरेकी छन्। 


हत्याको आरोपमा कालेबुङ पुलिसले राकेश प्रसादकी पत्नी कुमारी प्रसाद सँगै मृतक उमादेवीकी बुहारीलाई झोडा नजिकबाट पक्राऊ गरिएको छ। घट्नाबारे पुलिसले तत्काल जाँछ आरम्भ गरेको छ भने उक्त हत्या सम्पत्ति विवादलाई लिएर भएको हुनसक्ने सम्भावना रहेको बताइएको छ। 

मृतक उमादेवीको टाउकोमा दुईपल्ट जोडदार धारिलो हतियारले प्रहार गरेको निशानी रहेको छ भने कालेबुङ जिल्ला अस्पतालमा डा. ले उनको मृत्यु भएको पुष्टि गरेको हो। यस सम्बन्धमा कालेबुङ पुलिस थानामा मुद्दा दर्ता गरेर पुलिसले घट्नाको विस्तृत जाँछ सुरु गरेको पनि पुलिस अधिक्षक अपराजिता राईले जानकारी दिएकी छन् ।

No comments:

Post a Comment

Post Bottom Ad