आठौँ कालेबुङ रत्न पुरस्कारले सिक्किम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. ट्ङ्कबहादुर सुब्बा सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 20, 2022

आठौँ कालेबुङ रत्न पुरस्कारले सिक्किम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. ट्ङ्कबहादुर सुब्बा सम्मानित

गफसफ.com, कालेबुङ, 20 दिसम्बर 2022

कालेबुङ प्रेस क्लबले सिक्किम विश्वविद्यालका पूर्व उपकुलपति प्रा. डा. ट्ङ्कबहादुर सुब्बालाई आठौँ कालेबुङ रत्न पुरस्कारले सम्मानित गरेको छ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योदान पुर्‍याएका डा. सुब्बालाई यसवर्ष कालेबुङ प्रेस क्लबले कालेबुङ रत्न पुरस्कारको निम्ति अघिबाटै चयनित गरेको थियो भने आज एक कार्यक्रमको आयोजना गरेर उनलाई सम्मानित गर्ने कार्य गरेको हो।


यसै अवसरमा पत्रकारिताको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेका खरसाङका पत्रकार सञ्जय प्रधानलाई ‘एक्सिलेन्स इन् जर्नलिजम अवार्डले’ सम्मानित गरेको छ। नेपाली पत्रकारिताको क्षेत्रमा निरन्तर रूपले वितेको तीनदशक यता कार्य गरिरहेका पत्रकार सञ्जय प्रधानलाई चयन समितिले अक्त अवार्डको निम्ति चयनित गरेको थियो। जुन अवार्ड आज उनलाई प्रदान गरिएको हो।


कालेबुङ प्रेस क्लबले कालेबुङ जिल्लाका नागरिकहरु जसले विभिन्न क्षेत्रमा महत्वपूर्ण र उल्लेखनिय योगदान पुर्‍याउँदै आइरहेका छन् त्यस्ता नागरिकहरूलाई ‘कलेबुङ रत्न पुरस्कारले’ सम्मानित गर्दै आइरहेको छ। विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका तर ख्यातिप्राप्त पुरस्कारहरूले भने पुरस्कृत नभएका यस्ता व्यक्तित्वहरूलाई चयनित गरेर कालेबुङ प्रेस क्लबले यो ‘कालेबुङ रत्न पुरस्कार’ दिँदै आएको छ। यद्यपि कोरोना कालमा यो अवार्ड स्थगित राख्न परेको थियो भने यसवर्षदेखी पुन: यसलाई निरन्तरता दिने कार्य गरेको हो।

यसक्रममा कालेबुङ शहदेखि केही टाडामा रहेको तनेक बस्तीमा जन्मेर देशकै निम्ति शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका सिक्किम विश्वविद्यालयका उपकुलपति जस्तो गरिमाय पदमा पुगेका व्यक्तित्व प्रा. डा. टङ्कबहादुर सुब्बालाई यसवर्ष कालेबुङ प्रेस क्लबले आठौँ कालेबुङ रत्न पुरस्कारको निम्ति चयनित गरेको थियो। जसलाई आज यहाँको होटल ट्रेसमा एक भव्य कार्यक्रम आयोजना गरेर सम्मानित गर्ने कार्य गरेको हो।

कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित तत्कालिन दार्जीलिङ गोर्खा पार्व्यत्य परिषद (दागोपाप) का मुख्य सचिव डी.टी. तामलोङ, कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधान, अतिरिक्त जिल्ला पुलिस अधिक्षक शुभवन्ती, डिएसपी सरिता परियार, सभासद हेमन्त राई, पिआरओ अनुप छेत्री आदिको बाहुलिबाट उनलाई अङ्गवस्त्र, प्रशस्ति पत्र, अनि स्मृति चिन्ह आदि प्रदान गरेर सम्मानित गरिएको थियो। 

यस अवसरमा आठौँ कालेबुङ रत्न पुरस्कारले सम्मानित डा. टङ्क बहादुर सुब्बाले आफू कालेबुङमा जन्मिएको कारणले अनि कालेबुङवासीले माया गरेर आफुलाई पुरस्कृत गरेकोमा अत्यन्त्यै हर्ष रगर्व लागेको बताए। शिक्षाको क्षेत्रमा आफुले जे जति योगदान दिन सके त्यसले कालेबुङवासीलाई नै भने प्रत्यक्षरूपले केही दिन सके वा सकिनँ भन्दै उनले कालेबुङवासी र आफ्नो गाउँवासीलाई गर्वहुने सौभाग्यभने दिन सकेको बताए। उनले आज आफू जुन ठाउँमा उभिन सकेको छु त्यो ठाउँम पुर्‍याउनमा आफ्नो आमा, काका र श्रीमतीको ठूलो योगदान रहेको भन्दै उनीहरू नै यस्ता सम्मानका हकदारहरू हुन् पनि भने।  

कालेबुङ शहर नजिक होटल ट्रेसमा आयोजित कार्यक्रममा क्लबका मुख्य सल्लाहकार अरुण कुमार रसाईलीले स्वागत सम्बोधन राखेका थिए भने सचिव प्रज्ज्वल छेत्रीले प्रेस क्लबको कार्यहरूबारे अवगत गराएका थिए। यस अवसरमा सिक्किम, दार्जीलिङ, खरसाङ, कालेबुङ आदिका पत्रकारहरु लगायत विभिन्न सङ्घ संस्थाका पदाधिकारीगणको पनि उपस्थिती रहेको थियो। 

No comments:

Post a Comment

Post Bottom Ad