वरिष्ठ पत्रकार सञ्जय प्रधान ‘एक्सिलेन्स इन् जर्नलिजम अवार्ड’-ले सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 20, 2022

वरिष्ठ पत्रकार सञ्जय प्रधान ‘एक्सिलेन्स इन् जर्नलिजम अवार्ड’-ले सम्मानित

गफसफ.com, कालेबुङ, 20 दिसम्बर 2022

पत्रकारिताको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेका खरसाङका पत्रकार सञ्जय प्रधानलाई ‘एक्सिलेन्स इन् जर्नलिजम अवार्डले’ सम्मानित गरेको छ। नेपाली पत्रकारिताको क्षेत्रमा निरन्तर रूपले वितेको तीनदशक यता कार्य गरिरहेका पत्रकार सञ्जय प्रधानलाई कालेबुङ प्रेस क्लबले यस वर्षको ‘एक्सिलेन्स इन् जर्नलिजम अवार्ड’-ले सम्मानित  गरेको हो। 



कालेबुङ प्रेस क्लबको आयोजना आज आठौँ कालेबुङ रत्न पुरस्कार सम्मान समारोह सम्पन्न भएको थियो। यसै कार्यक्रममा कालेबुङ प्रेस क्लबले वर्षेनी प्रदान गर्दै आइरहेको ‘एक्सिलेन्स इन् जर्नलिजम अवार्ड’ वरिष्ठ पत्रकार सञ्जय प्रधानलाई प्रदान गर्ने कार्य भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेकी कालेबुङ जिल्ला पुलिस उप-प्रमुख प्रमुख शुभवन्ती, डिएसपी सरिता परियार, सभासद हेमन्त राई, पिआरओ अनुप छेत्री आदिको बाहुलिबाट उनलाई अङ्गवस्त्र, प्रशस्ति पत्र, अनि स्मृति चिन्ह आदि प्रदान गरेर सम्मानित गरिएको थियो। 


यस अवसरमा बोल्दै पत्रकार सञ्जय प्रधानले अहिलेघरी देशभरी नै प्रेस स्वतन्त्रताको हनन् भइरहेको अवस्थामा यदि प्रेस स्वतन्त्रता नरहे त्यस समाजको असली अनुहार देख्न नसकिने बताए। उनले लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य रहेको भन्दै लोकतन्त्रलाई सही तरिकाले मापन गर्ने एक यन्त्र नै वास्तवमा पत्रकारिता हो भने।


उनले कालेबुङमा अस्सीको दसकमा चलेको हिंसात्मक आन्दोलनमा पत्रकार निर्मल राईको निर्मम हत्या प्रेस स्वतन्त्रतामाथीको अत्यन्त्यै तल्लो स्तरको आक्रमण हो भन्दै वास्तवमा पत्रकार निर्मल राई जस्ता पत्रकारहरूले नै समाजमा हेपिएका र दबिएका मानिसहरूको आवाजलाई बाहिर ल्याउने कार्य गरिरहेको थियो भने। यस अवसरमा समाजका मानिसहरूले प्रेस स्वतन्त्रलाई बँचाएर राख्नुपर्ने आवाश्यक्ता रहेको बताउँदै प्रेस स्वाधीन भएकै खण्डमा समाजको वास्तविक अनुहार सत्ताले पनि थाहा पाउने बताए। उनले कालेबुङ प्रेस क्लबले प्रदान गरेको ‘एक्सिलेन्स इन् जर्नलिजम अवार्ड’-ले अझ धेर जिम्मेवारी बोध गराएको भन्दै यस ठाउँसम्म आइपुग्नमा पत्रकारिताको क्षेत्रमा सहयोग पुर्‍याउने धेरै पत्रकारहरूलाई पनि उनले आभार प्रकट गरे।


स्मरण रहोस्, कालेबुङ प्रेस क्लबले प्रत्येक वर्ष पूर्विय हिमाली भेकका होनहार पत्रकार जसले पत्रकारितालाई माध्यम बनाई समाजमा पनि उल्लेखनिय योगदान दिँदै आइरहेका छन् त्यस्ता पत्रकारहरूलाई ‘एक्सिलेन्स इन् जर्नलिजम अवार्ड’- पदान गर्दै आइरहेको छ। यसभन्दा अघि उक्त अवार्डले सिक्किमका पत्रकार प्रवीण खालिङ, सिलगडीका पत्रकार प्रमोद गिरी, दार्जीलिङका पत्रकार अमिताभ ब्यानर्जी अनि कालेबुङबाट पत्रकार मनोज राई सम्मानित बनिसकेका छन् भने यसवर्ष खरसाङका वरिष्ठ पत्रकार सञ्जय प्रधान सम्मानित बनेका हुन्।

No comments:

Post a Comment

Post Bottom Ad