क्रोएसियालाई पराजित गरेर अर्जेन्टिना विश्वकपको फाइनलमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 13, 2022

क्रोएसियालाई पराजित गरेर अर्जेन्टिना विश्वकपको फाइनलमा

गफसफ.com, कतार, 14 दिसम्बर 2022

फिफा विश्वकप फूटबल 2022 को फाइनलमा प्रवेश गर्ने अर्जेन्टिना पहिलो दल बनेको छ। सेमिफाइनल खेलमा क्रोसियालाई ३-० गोल अन्तरले परजित गर्दै अर्जेन्टिना कतार विश्वकपको फाइनलमा पुगेको हो ।


अर्जेन्टिनाको जितमा खेलको ३४औं मिनेटमा लियोनेल मेसीले पेनाल्टीमार्फत गोल गरेका थिए भने जुलियन अल्भारेजले खेलको ३९औं र ६९औं मिनेटमा दोस्रो र तेस्रो गोल गरेका थिए । योसहित अल्भारेजले यस विश्वकपमा कुल ४ गोल गरेका छन् भने कप्ताम लियोनल मेस्सीको मोठ 5 गोल पुगेको छ।

 १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको अर्जेन्टिना योसहित  छैटौं पटक विश्वकपको फाइनलमा पुगेको छ । पछिल्लो पटक अर्जेन्टिना २०१४ मा फाइनलमा पुगेको थियो र जर्मनीसँग पराजित भएर उपविजेता बनेको थियो ।

 

योसँगै क्रोसिया यस विश्वकपमा उपाधि दौडबाट बाहिरिएको छ । अब क्रोसियाले तेस्रो स्थानका लागि फ्रान्स र मोरक्कोबीचको पराजित हुने टिमसँग आगामी शनिबार खेल्ने छ ।

 

त्यस्तै अब अर्जेन्टिनाले फाइनलमा फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । फाइनल खेल आगामी आइतबार हुदैछ ।

मेसीको नयाँ किर्तिमान

लियोनेल मेसी अर्जेन्टिनाका लागि फिफा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

मेसीले क्रोसियाविरुद्धको सेमिफाइनल खेलमा गोल गर्दै विश्वकपमा आफ्नो ११औं गोल गर्दै यस्तो किर्तिमान बनाएका हुन् । साथै मेसीले विश्वकपमा कुल ८ गोल असिस्ट पनि गरेका छन् ।


मेसीले ११औं गोल गर्दै गाब्रियल बाटीसटुटाको रेकर्डलाई पछि छोडेका हुन् । बाटिसटुटाले विश्वकपमा कुल १० गोल गरेका थिए ।

त्यस्तै डिएगो माराडोनाले विश्वकपमा ८ गोल गरेका थिए भने गुइलेर्मो स्टेबाइलले पनि विश्वकपमा ८ गोल गरेका थिए ।

त्यस्तै मेसीले अर्जेन्टिनाको लागि भने योगोलसँगै ९६औं गोल गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad