नाबालिक अपहरणको मुद्दामा असमका दुई व्यक्ति पक्राऊ : जाँचको निम्ति असम पुलिसले ट्रान्जिट रिमाण्डमा लगे - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 13, 2021

नाबालिक अपहरणको मुद्दामा असमका दुई व्यक्ति पक्राऊ : जाँचको निम्ति असम पुलिसले ट्रान्जिट रिमाण्डमा लगे


गफसफ
.com, 13 जुलाई 2021, कालेबुङ ।

13 वर्षिय नाबालिक अपहरणको मुद्दामा असमका दुईजना पुरुषहरूलाई कालेबुङ पुलिसले पक्राऊ गर्न सक्षम बनेको छ। पक्रा पर्नेहरूमा कृष्ण जोगी (41) अनि टिकाराम घिमिरे (31) रहेका छन् भने उनीहरूलाई आज आसम पुलिसले कालेबुङ जिल्ला न्यायलबाट ट्रान्जिट रिमाण्डमा लिएर आसम प्रस्थान गरेको छ। प्राप्त जानकारी अनुसार कालेबुङ जिल्ला पुलिसको रम्फु पुलिस पोस्टका ओसी लक्षमण पोख्रेलको अगुवाईमा गत 9 जुलाईको राती सिक्किम बङ्गाम सिमा क्षेत्र रम्फुमा नाका चेकिङको क्रममा 13 वर्षिय नाबालिकको साथमा असमको सिराम जिल्लाको देवसानी क्षेत्रका कृष्ण जोगी अनि टिकाराम घिमिरेलाई पक्राऊ गरिएको हो। उनीहरू विरुद्ध नाबालिक अपहरणको मामिलामा पुलिसले भारतीय दण्ड संहिताको धारा 363, 365 अनि 120(b) अन्तरगत मामिला दर्ता गरेको छ। यता असमका उक्त दुई आरोपीहरूसँग रहेका नाबालिकलाई भने बाल सुरक्षा केन्द्रमा पठाइएको छ भने आरोपीहरूलाई पुलिसले 4 दिनको रिमाण्डमा लिएर आज पुन: कालेबुङ जिल्ला न्यायलयमा पेश गरिएको थियो।


यता उक्त घट्नाको जानकारी पाएपछी आज आसम पुलिसको टोली आज कालेबुङ आइपुगेको थियो भने असम पुलिसले घट्नाको जाँच गर्न उनीहरूलाई असम लिएर जान कालेबुङ जिल्ला न्यायलयमा ट्रान्जिट रिमाण्डको आवेदन गरेको थियो। उक्त आवेदनलाई न्यायलयले स्वीकार गर्दै दुवै आरोपीहरूलाई असम पुलिसको साथमा ट्रान्जिट रिमाण्डमा असम पठाएको छ। यता उक्त घट्नाबारे असमबाट आएका पुलिस दलका अधिकारीले असमको सिरम जिल्ला पुलिस थानामा नाबालिक अपहरणको मुद्दा दर्ता गरिएको भन्दै जाँचको निम्ति ट्रान्जिट रिमाण्डमा लिएर असम लिएर गएको जानकारी दिएका छन्। 


भिडियो हेर्न तल थिच्नुहोस् .... 

No comments:

Post a Comment

Post Bottom Ad