बिनय तामङले दिए गोजमुमो-2 को अध्यक्षसँगै पार्टीबाट राजीनामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 15, 2021

बिनय तामङले दिए गोजमुमो-2 को अध्यक्षसँगै पार्टीबाट राजीनामा

गफसफ.com, 15 जुलाई 2021, कालेबुङ ।

दुई भङ्गालोमा विभाजन भएको गोर्खा जनमुक्ति मोर्चा पार्टीको एक भङ्गालोको मूल स्रोत नै आज सुकेको छ। सन् 2017 मा चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ समुह र विनय तामङ समुहमा विभाजन बनेको थियो। आज लकभग 4 वर्ष बितेर गएपछी गोजमुमो विनय समुहका अध्यक्ष विनय तामङ आफैले पार्टी अध्यक्षको पदसँगै पार्टीका साधरण सदस्यबाटनै राजीनामा दिएका छन्। तामङले आज दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीबाट राजीनामाको घोषणा गरेका हुन्। यसका साथै उनले आफ्नो 33 वर्षे राजनैतिक जीवन यात्रामा पहिलो अध्याय गोरामुमो पार्टीसँग आवद्ध बनेर दोस्रो अध्याय गोजमुमो पार्टीमा बसेर कार्य गरिसकेपछी अब तेस्रो राजनैतिक अध्यायको सुरुआत गर्ने घोषणा पनि गरेका छन्। 



यसक्रममा तामङले आफ्नो तेस्रो राजनैतिक यात्रा कस्तो हुनेछ भन्ने कुराको भने खुलस्त पारेनन्। विशेष गरेर लोकसभा चुनावमा भारतीय जनता पार्टीसँग पराजित बनेको अनि यसपल्टको विधानसभा चुनावमा दार्जीलिङ अनि खर्साङ विधानसभा क्षेत्रबाट पार्टीले पराजयको सामना गर्नपरेपछी सम्पूर्ण हारको नैतिक जिम्मेवारी वहन गर्दै आफूले आफ्नो पार्टी अध्यक्षको पदसँगै पार्टीबाटनै राजीनामा दिएको पनि विनय तामङले घोषणा गरेका छन्।  यसका साथै विनय तामङले पार्टीबाट राजीनामा दिएपछी आफू विमल समुहमा प्रवेश हुने, वा भारतीय जनता पार्टी अथवा तृणमूल कङ्ग्रेस पार्टीमा सामेल हुने कुरामा पनि स्पष्ट अडान राख्दै आफू उक्त तिनवटै राजनैतिक पार्टीमा समावेश नहुने स्पष्ट पारेका छन्।

बिनय तामङले केके भने भिडियोमा हेर्नुहोस् -

No comments:

Post a Comment

Post Bottom Ad