सांसद राजु विष्टको राजीनामाको माग : बचाऊमा अघि आयो भाजपा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 2, 2021

सांसद राजु विष्टको राजीनामाको माग : बचाऊमा अघि आयो भाजपा

गफसफ.com, 2 जुलाई 2021, कालेबुङ ।


अखिल भारतीय गोर्खालिग पार्टीको भारती तामङ समुहले दार्जीलिङका लोकसभा सांसद राजु विष्टलाई राजीनामा दिनुपर्ने माग गरेपछी यता भाजपा दार्जीलिङ जिल्ला समिति सांसद राजु विष्टको बचाऊमा अघि आएको छ। भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष कल्याण देवानले सांसद राज्य विष्टले अहिलेसम्म राम्रो कार्य गरिरहेको भन्दै आगामी 2024 सम्ममा निश्चय नै गोर्खाहरूको मुद्दालाई समाधान गर्ने दाबी पनि गरेका छन्।



छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा चुनाव जितेर सांसद राजु विष्टले अहिलेसम्म छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति कुनै पहल नगरेको भन्दै गोर्खालिग पार्टीले सांसद राजु विष्टको राजीनामाको माग गर्दै दार्जीलिङ शहरमा ब्यापक पोष्टरिङ समेत गर्ने कार्य गरिसकेको छ। यस्तो अवस्थामा सांसद राजु विष्टको पक्षबाट कुनै प्रतिक्रिया अहिलेसम्म नआए पनि भाजपा दार्जीलिङ जिल्ला समितिका अध्यक्ष कल्याण देवानले प्रतिक्रिया दिएका छन्। उनले सांसद राजु विष्टले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको पक्षमा अहिलेसम्म धेरै कार्यहरू गरेको दाबी गर्दै सांसद विष्टको राजीनामाको माग गर्नु मूर्खता रहेको समेर बताएका छन्। यसका साथै उनले सांसद विष्टको राजीनामाको माग गर्ने गोर्खालिग पार्टीको कार्यको घोर भर्त्सना पनि जनाएका छन्।


विस्तृतमा के-के भने भिडियो हेर्नुहोस् ... 

No comments:

Post a Comment

Post Bottom Ad