‘विनय-अनितको च्याप्टर क्लोज’ भन्दै पार्टीबाट 4 जनाले दिए राजीनामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 2, 2021

‘विनय-अनितको च्याप्टर क्लोज’ भन्दै पार्टीबाट 4 जनाले दिए राजीनामा

गफसफ.com, 2 जुलाई 2021, कालेबुङ ।

गोर्खा जनमुक्ति मोर्चा बिनय तामङ गुटबाट कालेबुङ जिल्ला समितिका प्रवक्ता भुवन खनाल, उपाध्यक्ष नोर्देन लामा, केन्द्रिय समिति सदस्य प्रवीण रहपाल अनि कार्यलय सचिव शरण प्रधानले पार्टीबाट राजीनामा दिएका छन्। उनीहरूले आज एक पत्रकार सम्मेलन आयोजना गरेर राजीनामाको घोषणा गरेका हुन्। 



“पार्टीभित्र कुनै गणतन्त्र छैन। एकल निर्णय हुँदैछ। यस्तो हैकमवादी नीतिको विरोध गर्दै आज हामीले पार्टीबाट राजीनामा दिएका हौँ” भुवन खनालले भने। यसक्रममा उनले अब उसो गोजमुमो विनय गुटसँग कुनै राजनैतिक सम्बन्ध नहुने स्पष्ट पार्दै कालेबुङका विधायकलाई आफूहरूले बिजयी बनाए पनि उनले पनि जनभावको विरुद्ध कार्य गरिरहेको समेत आरोप लगाए।


पार्टीका केन्द्रिय उपाध्यक्ष नोर्देन लामा अनि केन्द्रिय सदस्य प्रवीण रहपाल धेरै लामो समयदेखि पार्टीको कार्यहरूमा सक्रिय दिखिएका थिएनन् भने आज आएर आखिरमा उनीहरूले राजीनामा दिएका छन्। पार्टीबाट राजीनामाको घोषणा गर्न अघि उनीहरूले गोर्खा जनमुक्ति मोर्चा विनय गुटलाई विभिन्न गम्भीर आरोपहरू समेर लगाएको छ। यसक्रममा वर्तमान कालेबुङका विधायक रूदेन सादा लेप्चाले गोजमुमो पार्टीलाई एउटा कम्पनीमा परिणत गरेको आरोप लगाउँदै पार्टीभित्र कुनै प्रजातन्त्र नरहेर हैकवादी प्रवृत्ति रहेको कारणले नै आफुहरूले राजीनामा दिएको पनि उनीहरूले बताएका छन्। यसक्रममा प्रवीण रहपालले पार्टी अध्यक्ष विनय तामङ, महासचिव अनित थापा अनि विधायक रूदेन सादा लेप्चा विरुद्ध गम्भीर आरोपहरू लगाउँदै भविष्यमा उनीहरूले गरेका कार्यहरूको सम्पूर्ण भण्डाफोर राजनैतिक मञ्चबाट गर्ने चुनौति समेर दिएका छन्। यसका साथै गोजमुमो महासचिव अनित थापाले अब जीटीएको चौकि पाउन नसक्ने दाबी गर्दै उनको च्याप्टर क्लोज भएको समेत दाबी गरेका छन्।

विस्तृतमा के-के भने भिडियो हेर्नुहोस् ...

No comments:

Post a Comment

Post Bottom Ad