गोर्खाल्याण्ड प्राप्तिको निम्ति एनजीसीले सुरु गर्‍यो सबै राजनैतिक दलहरूमा एकताको पहल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 1, 2021

गोर्खाल्याण्ड प्राप्तिको निम्ति एनजीसीले सुरु गर्‍यो सबै राजनैतिक दलहरूमा एकताको पहल

गफसफ.com, 1 जुलाई 2021, कालेबुङ ।

छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति सम्पूर्ण राजनैतिक दलहरूलाई एउटै मञ्चमा ल्याउन नेशनल गोर्खाल्याण्ड कमिटिले पहल सुरु गरेको छ। गोर्खाल्याण्ड राज्य गठनको माग लिएर अघि बडीरहेको सबै राजनैतिक दलहरूलाई लिएर एउटा दह्रिलो पिपल्स फोरमको गठन गर्न नेशनल गोर्खाल्याण्ड कमिटिले पहल गर्दै सबै राजनैतिक दलहरूलाई पत्रचार गरेको आज एनजीसीका वरिष्ठ अधिवक्ता प्रभाकर देवानले एक पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका छन्।



सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरूको राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड गठन हुनपर्छ भन्दै विभिन्न राजनैतिक दलहरूले अहिलेसम्म आ-आफ्नै तरिकाले आवज उठाउँदै आए पनि गोर्खाल्याण्ड राज्यको माग गर्ने राजनैतिक दलहरूमा मित्रता बन्न सकेको छैन। सम्पूर्ण जनताले गोर्खाल्याण्डको मुद्दालाई समर्थन गरेर आन्दोलनलाई सफल पार्न मैदानमा ओर्लिए पनि बारम्बार गोर्खाल्याण्ड माग्ने राजनैतिक दलका नेताहरूनै एकार्कमा नमिलेका घट्नाहरूले नै गोर्खाल्याण्डको मुद्दाले अहिलेसम्म निकास पाउन सकेको छैन। यस्तो अवस्थामा पुन: एकपल्ट नेशनल गोर्खाल्याण्ड कमिटिले गोर्खाल्याण्ड माग्ने दलहरूलाई एउटै मुद्दाको निम्ति एकार्कमा रहेका सम्पूर्ण मनमुटावहरूलाई भुलेर छुट्टै राज्यको लक्ष्य प्राप्ती गर्न एक हुनपर्ने आह्वानले जनताको मनमा भने झिनो आशाको किरण देखा परेको छ।


उसै त यसभन्दा अघि पनि गोर्खाल्याण्डको आन्दोलनलाई सफल पार्न विभिन्न राजनैतिक दलहरू एउटै मञ्चमा आएकै हो। तर, त्यो एकता धेरै लामो समयसम्म टिक्न नसक्दा गोर्खाल्याण्डको आन्दोलन आखिरमा जीटीए जस्तो चानचुने व्यवस्थाकै चौकिमा पुगेर टुङ्गिएको विधितै छ। यस्तो अवस्थामा पुन: एकचोटी नेशनल  गोर्खाल्याण्ड कमिटिले गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति ‘एउटै मुद्दा, एउटै मञ्च’ जस्ता मन्त्रलाई अघि सार्दै एकताको पहल गरेको एनजीसी-को पक्षबाट अधिवक्ता प्रभाकर देवानले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad