![]() |
“...सम्झनाको ढोका खोली तिम्रो याद आयो।”
![]() |
उमेश उपमा |
83-84 सालतिर हुनुपर्छ। म सानो छँदा। जान्थेँ बाजेघरमा। काकाहर’को जमघट हुन्थ्यो। गाउँले, कोठे-सङ्गीत हुन्थ्यो। त्यहीँ धेरै कालजयी गीतहरू सुनेँ।
घरमा रेडियो नभएको हुनाले पहिलोचोटि
नेपाली गीतहरू सुन्ने अवसर नै त्यही कोठामा मिल्थ्यो र सुन्थेँ। अर्को विकल्प भने
बिहे, पूजा आदिमा।उनीहरू अर्थात् गाउँले काकाहर’को गफका आधारमा गाउँमा कार्यक्रम
गर्न अर्थात् गीत गाउनआएका थिएछन् सफल थापा। त्यसैले बेला-बेला प्रशंसासहित उनको
नाम लिन्थे उनीहरू।
त्यस बेला गाउँले हिरो चाहिँ दीलिप
गुरुङ थिएछन् जस्तो लाग्यो।उनैले बनाएका थिए कञ्चन कला भन्ने लागेको थियो। हालै
थाहा पाएँ।पलमान सिङ्गर, भभीन गुरुङहरूले उबेला पञ्जीकृत गराएको
संस्थानको नाम कञ्चन कला थिएछ। संस्थानको अन्तिम सचिव दीलिप गुरुङ अनि सभापति
पलमान सिङ्गर थिए भन्ने कुरा दीलिप गुरुङबाट थाहा लाग्यो।
“मङ्पू भनेको खर्बुजा” भनेर सुवास
घिसिङले भन्थे’रे। हेऱ्यो हरियो काट्यो रातो। यस्तै अलिक देब्रेतिर ढल्केको दीलिप
गुरुङले त्यस बेला चलिरहेको भाषा आन्दोलनलाई लिएर “साग्रमभित्रका त्यागहरू” लेखे
अनि मञ्चन पनि गरेका थिएछन्।
बगानबाट भाषा आन्दोलनलाई टेवा
पुऱ्याउन जनचेतनामूलक खुराक बोकेर “हाम्रो भाषा तनेपाली हो!”
भनेजस्तै संवाद बोकेर च्वास्स मुटुमा घोँचे होलान् नाटकको माध्यमले। त्यसैमा उनी
अर्थात् सफल थापा पनि आए।
दीलिप गुरुङका साथी उनी। त्यसैले कञ्चन
कलाको माध्यमबाट साङ्गीतिक कार्यक्रम गरे। उनी रङ्बी-बिचकमानदेखि पारिपट्टिका
चियाबगानहरूसम्म पनि गाउँदै हिँडे।
हुर्कँदै गएँ। राम, लछुमन, विकास, धनपति,
हेमनकाकाहर’ले गाएकै गीतहरू सिक्दै गएँ। तर मनमा एउटा छाप चाहिँ बसेको थियो - सफल
थापा।
मैले कहिले देखिनँ। कहिले सोध्ने आँट
पनि गरिनँ। उनी आए। गए।उनले छोडिराखेका भाकाहरू गाउँमा गुन्जिरहे। त्यसैको अनुसरण
गरिरहेँ।
उनीसितै सिकेका थिए होलान् गाउँले
काकाहर’ले भनेर सोच्थेँ। अनि मैले सिकेँ काकाहरूबाट।
गाउँदेखि निस्किएर सानो सहर
कालेबुङतिर लागेँ। सङ्गीत सिक्ने रहरसितै। आएर गुरु योगेन्द्र घतानीको रागेश्री
कलानिकेतनमा विद्यार्थी बनेँ।
रागेश्री कलानिकेतनकै आयोजनमा गोपाल
योञ्जन जन्म जयन्ती कार्यक्रम टाउन-हलमा गरिनेभयो। कार्यक्रमको केही भार आफूमा
लिएऱ लागिपरेँ।कवि असीम सागरलेफेस्टुन लेख्नेजिम्मा लिए।
सबै भेकका कलाकारहरू आएका थिए।
सहभागी बनेका थिए। सिलगडीबाट सहभागिता दिएका थिएनिलामणि अनि सफल थापाले।
त्यस कार्यक्रमको तीन-चार दिनपछि
कथाकार सञ्जय विष्टले प्रशंसा गर्दै भन्नुभयो- “साह्रै राम्रो भयो कार्यक्रम भाइ”
अनि “जोडी भनेको चाहिँ सफल दाजुको जस्तो। साह्रै राम्रो।” पनि थपे।
कार्यक्रमको प्रशंसा गरिदिनुभएकोमा
खुशी व्यक्त चाहिँ गरेँ। तर मेरो मनमा एउटा जिज्ञासा रहिरहन्थ्यो– “त्यही मान्छे
हुन् त हाम्रो गाउँमा आउने?”
कार्यक्रमपछि परिचय भयो। अनि निलामणि
दिदी भन्थेँ। सफल दाजु नै भन्थेँ। सोध्ने आँट भने मसित थिएन।
रागेश्री कलानिकेतनमा पछिल्लो समयका
प्रशिक्षार्थी भएऱ आइन् स्नेहश्री। मामा भन्थिन्। त्यस बेला मेरो रागेश्री
कलानिकेतन जाने क्रम धेरै पात्लिएको थियो। त्यति भेट भएन।
निलामणि दिदीसित बेला-बेला कुराकानी
हुन्थ्यो। स्नेहश्रीको एल्बम बजारमा आएको खबरसितै निलामणि दिदीले पठाइदिनुभयो।
हाम्रो भित्ते पसलमा राखेका थियौँ।बिक्री भएर रहेका होइन आफ्ना निम्ति भनेर राखेकारहल
दुईवटामा एउटा मलाईअनि अर्को चाहिँ दिएँ अनमोललाई।
एक दिन नेपाल जानै पर्ने भयो। भित्ते
पसलका निम्ति किताब लिन। अनमोल अनि म लाग्यौँ नेपालतिर। उसको पहिलो नेपाल प्रवेश
थियो। उसैको गाडी थियो। बाटोभरि स्नेहश्री सुन्दै-सुन्दै।
“जन्तीबाजा लिएर मेरो घरमा आउन अघि”।
त्यसपश्चात् “हावा सरर” र “साँझ
परेपछि” स्नेहश्रीले गाइन्। हाम्रो सहकार्य बन्यो चलचित्र ‘आप्पा’-मा।
केही वर्षअघि गाउँमा विश्वकर्म पूजा गरिने
भयो। हामी सबैलाई निम्त्याउने भए गाउँले साथीहरूले। तिलक भेनासितएक हुल
ड्राइभर्सहरू भेट्न आए। मैले हुन्छ भनेँ अनि सबै जाने पनि भयौँ। स्नेहश्री अनि सान्निध्या
चाहिँ सिलगडीबाट आउने भए।
गाउँमा पहिलेजस्तै माइक बजिरहेको
थियो। म भावुक भएँ। हामी तिलक भेनाको घरमा नै झऱ्यौँ। भित्र हल्ला थियो। मभित्र
पसेँ। दिलीप गुरुङ सर, निलामणि दिदी अनि सफल दाजु रहेछन्।
मेरो मनमा सानैदेखि गायकको नाममा
गाडिएर बसेको मान्छे सफल थापा उनी नै रहेछन् भनेर लख काटेँ।
सोधेँ – हो रहेछ।
*
सिलगडी अनि कालेबुङ 60 किलोमिटरको दूरीमा
रहेको हुनाले भेटघाट हुने सम्भावना थोरै। एक दिन भान्जीद्वय स्नेहश्री अनि सान्निध्या
अनि सफल दाजुसित भेट भयो माउन्टेन स्टोरिसको अफिसमा। भेट हुनु भनेकै गीत
सुन्नु हुन्थ्यो र नयाँ गीत सुनेँ “तिमी वारि मपारि, कुरा कति मनभरि...” बाँचिरहने
एउटामिठो गीत पुष्कर पराजुलीले लेखेका रहेछन्। सफल थापा अनि उनकै छोरी स्नेहश्रीको
स्वरमा सुनेँ। बाबु-छोरीलाई साह्रै सुहाएको थियो गीत।
हामी
पनि केही काम गर्नुपर्छ भन्ने कुरा चल्यो। सानामा मेट्न नपाएका तिर्खा मेटाउन र
नयाँ कार्यको मोहले मलाई तानिरहन्थ्योसफल दाजुतिर।
“दाजु! जानुपर्छ है”
सुटिङको तारिखसितै अनमोलले भन्यो। दुई दिनको सुटिङ सेड्युल रहेको हुनाले “हुन्छ”
चाहिँ भनेँ तर गइनँ।
*
सबै थोक आफ्नै गाउँ-घरले दिए तापनि आफ्नो
गाउँ-घरलाई के दिने भनेर मनमा खट्किरहन्थ्यो। त्यो सपना सकार गर्न नै मङ्पू
अर्थात् आफ्नो गाउँ रम्बी-भैँसीटारलाई लोकेसन बनायौँ र गयौँ ‘मुटु मिची...’-का
निम्ति छायाङ्कन गर्न। नेपालबाट बुद्धि तामाङ, सुरक्षा पन्त पनि आए। अनमोलको टिम
अनि जोहनाको टिमसँगै सिलगडीबाट मामालाई सहयोग पुऱ्याउन भनी आए सुटिङमा स्नेहश्री
अनि सान्निध्या पनि।
सुटिङअवधिको छोटो विश्राममास्नेहश्रीलाई
भनेँ –“तिम्रा बाबाले त्यो पारि गाउँबाट आउँदा....”,काली खोलातिर चोर औँलाले
देखाउँदै भनेँ,“खोला बढेकोले चप्पल बगायो अरे अनि खालि खुट्टै आउनुभएको अरे।” त्यो
तल अनुमानित गाउँबाटअहिलेघरि बसाइँ सरेर जङ्गल बनेको छ,“त्यहाँनेर कसैले दुलो
परेको चप्पल दिनुभयो अरे अनि लगाएर यही बाटो भएर जानुभएको अरे।”
सुटिङको अन्तिम दृश्यका निम्ति
सिलगडी जाने भयौँ र पुग्यौँ सिलगडी फार्म हाउस। सुटिङ सकेको भोलिपल्ट बिहान आउनुभयो
सफल दाजु अनि निलामाणि दिदी। साइनोले दाजु-भाउज्यू नभए दिदी-भेना हुनुपर्ने तर
मेरो कहिले भएन। सधैँ दाजु नै भन्थेँ। दिदीलाई दिदी नै भन्थेँ।त्यहाँ खासै कुरा
पनि केही भएन तर “तिमीहरू पनि आऊ है” भन्नुभयो उनीहरूको घरमा।
त्यहाँ जाने मिठो लोभ चाहिँ रहिरह्यो
तर साइत मिलेन - जहाँ मञ्च छ, जहाँ सङ्गीत छ।
बिहानै मित्र लामा दाजुको फोन आयो।
सफल थापा बित्नुभयो भनेर। त्यसपछिको प्रत्येक सम्पर्क सबै उस्तै थियो। बिहानीलाई
रातले चोरेझैँ लाग्यो।
कसैलाई केही उत्तर दिन सकिनँ।
मलाई जसरी बिझायो। अरूलाई पनि त्यसरी
बिझायो होला भन्ने लागिरह्यो।
“...सम्झनाको ढोका खोली तिम्रो याद आयो।”उनैको
गीत सम्झेँ।
हार्दिक श्रद्धाञ्जली
..................
सोधेँमधुसुदन लामालाई–
![]() |
मधुसुदन लामा |
उज्यालो अनुहार। नरम बोली। आफूभन्दा अग्रजहरूलाई रेस्पेक्ट गर्ने। विनम्र मान्छे। काठमाडौँकाहरूले “लालगेढीँ दाइ। लालगेढीँ अङ्कल” भन्दोरहेछ।
सफल चाहिँ नि, उसकोमा, त्यो उहिलेको
कमानको जुन वातावरण थियो नि, सङ्गीतमा रुचि लिने, साहित्यमा रुचि लिने, आज पनि
उतिक्कै थियो। उसले आफ्नो रूट छोडेको थिएन। त्यहीँमाथि निलामणि भएकोले जोडी
मिलेको। दुई जना छोरीहरूलाई साङ्गीतिक मार्गदर्शन दिन सक्षम पिता। जस्तो कि
अङ्ग्रेजी गीत पनि गाउने। नेपाली त्यो पनि पुराना गीतहरू पनि गाउने छोरीहरू।
पिताका रूपमा चाहिँ एकदमै राम्रो मार्गदर्शन दिएको हो। म्युजिकल स्टेसजस्तो घर। कुनै
घर देखेको छुइनँ।
सफल चाहिँ सफल भएको छ। मनभरिको
परिवारलाई समवेदना।
-----
सोधेँ योगेन्द्र घतानीलाई -
![]() |
योगेन्द्र घतानी |
-----
सोधेँथुप्देन भोटियालाई -
![]() |
थुप्देन भोटिया |
साह्रै सोझो मान्छे। साह्रै प्यारो
मान्छे। मैले उनको सङ्गीतमा एउटा गीत गाएको थिएँ- उनकै छोरी स्नेहश्रीसित एक
मुट्ठी जून...।
उनको घर नै मञ्च थियो। एक रात त्यहाँ
बिताएँ। “भाइ अँगुरको वाइन चाख्नु हुन्छ?” भन्नुभयो अनि “चाखेँ”। परिवार भनेको यस्तो
हुनुपर्छ भन्ने लागिरह्यो। साँच्चै सफल साङ्गीतिक परिवार।
केही महिनाअघि दार्जिलिङमा गोपाल
योञ्जन प्रतिष्ठान वाग्येयकार गोपाल योञ्जन प्रतिमा प्रतिष्ठापनको शिलान्यास
कार्यक्रममा हाम्रो भेट भएको थियो। “भाइ एकचोटि फेरि गरौँ है,” भन्नुभयो। मैले
पनि “हुन्छ” भनेँ। तक्निकी असुविधाको कारण पुन: गाउने योजना थियो तर
अधुरो रह्यो। उनको निधन अझ पत्यार लागेको छैन।
-----
सोधेँ कवि सुधीर छेत्रीलाई -
![]() |
सुधीर छेत्री |
सफल
थापाज्यूको घरमा एकपल्ट गीतकार मित्र पुष्कर पराजुलीले मलाई लगेर गएका थिए। सफलज्यूले
हार्मोनियममा गोपाल योन्जनको कुनै गीत गाउनुभएको थियो। मन्त्रमुग्ध भएको थिएँ।
स्वर मिठो, व्यवहार मिठो। कति मिलेका सबै कुरा भन्ने भान भएको थियो। अत्यन्त शान्त
प्रकृतिका लोभलाग्दा व्यक्तित्वभित्र ईश्वरले मगग्ये कला भरेका रहेछन्। सरलता र
नम्रताले उहाँलाई कति राम्रो मान्छे बनाएको रहेछ।
उहाँ
अझै रहनुभएको भए नेपाली गीत-सङ्गीतको संसारले अझ नवीन उचाइहरू छुने थियो होला। अब उहाँका
रचनाहरूले उहाँलाई अमर राख्नेछन्।
सोधेँ कवि वासुदेव पुलामीलाई-
![]() |
वासुदेव पुलामी |
सोध्न सकिनँ पुष्कर पराजुलीलाई
र उनैको सामाजिक सञ्जालको भित्ताबाट टिपेँ अनि यहाँ राखेँ -
हाम्रा आँखामा तिमी हाँस्दछौ
हाम्रा गीतमा तिमी बग्दछौ
परेली परेलीमा
सम्झनाका तरेलीमा
खेल्दछौ चल्मलाउँछौ
हामीभित्रै छौ
हामीसँगै छौ।
छायाँ जस्तै तिमी उजेलीमा
माया भई तिमी बोली बोलीमा
कुराकानीका अङ्ग छन्दमा।
तिमी बाँच्दछौ
हामीभित्रै छौ
हामीसँगै छौ।
साथी जस्तै तिमी एकान्तमा
आनन्दको राग हाँसो खुसीमा
उल्लास भई ढुकढुकीमा।
तिमी बाँच्दछौ
हामीभित्रै छौ
हामीसँगै छौ।
No comments:
Post a Comment