राज्यपालसित दार्जिलिङ युथ फोरमको भेट : छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा चढायो ज्ञापन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 27, 2021

राज्यपालसित दार्जिलिङ युथ फोरमको भेट : छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा चढायो ज्ञापन

गफसफ.com, 27 जुन 2021, दार्जीलिङ।

आज दार्जिलिङ युथ फोरमका सदस्यहरूले राज्यपाल  जगदीप धनकरसँग स्थानीय राजभवनमा भेटघाट गरेका छन्। राज्यपालसँगको एक सौहार्दपूर्ण भेटघाटमा फोरमका सदस्यहरूले दार्जिलिङ पहाडको विभिन्न विषयहरूमा मुद्दाहरूमा कुरा गरेको जनाएका छन्। विशेष गरेर पहाडका समुदाय र जनताको पक्षमा युथ फोरमले धेरै वर्षदेखि थाँतीमा रहेको यहाँको जनताको छुट्टै राज्यको माग विषय कदम चालिदिने विन्ती फोरमका पक्षबाट गरिएको थियो।

 


बङ्गालमा अहिले विभिन्न पक्षहरूबाट छुट्टै राज्यको माग उठिरहे तापनि दार्जिलिङ पहाड र तराई डुवर्सको अलग राज्यको माग धेरै पुरानो रहेको कारण भारतीय सम्विन्धानलाई शिरोपर गर्दै यस क्षेत्रका जनताको दीर्घकालीन मागप्रति सरकार उचित कदम उठाउन पर्ने कुरा राज्यपाललाई जनाउँदै एउटा ज्ञापन पत्र पनि चडाएको फोरमका सदस्यहरूले जनाएका छन्।

 

ज्ञापनमा अन्य मुद्दाहरूमा दार्जिलिङ विश्वविद्यालयको पनि कुरा उठाउदै यथाशीघ्र विश्वविद्यालय सञ्चालनमा आउनपर्ने बताएका छन्। यसका साथै कोरोनाको चुनौती र भैक्सीनेसन विषयमा पहाडमा प्रशासनिक पक्षबाट गरिनु पर्ने उचित पहलहरूबारे पनि राज्यपाललाई अवगत गराए अनि जिटिए क्षेत्रमा यथाशीघ्र पञ्चायत चुनाउ गराउनु पर्ने विषयमा पनि फोरमको तर्फबाट ज्ञापनमा जनाएको छ। दार्जिलिङ युथ फोरमको तर्फबाट सदस्यहरू सुरज धड्कङ, निरज थापा, अनन्त प्रधान, सञ्जीब लामा 'गोर्खा' चन्दन थापा, सदीप प्रधान अनि पुस्कर सिङ्गर, सबिन विश्व, तिलक छेत्री उपस्थित रहेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad