रूदेन लेप्चा चुनिए कालेबुङका नयाँ विधायक : भने – “जनतासँग गरेका वाचा पुरा गर्नेछौँ” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, May 2, 2021

रूदेन लेप्चा चुनिए कालेबुङका नयाँ विधायक : भने – “जनतासँग गरेका वाचा पुरा गर्नेछौँ”

गफसफ.com, 2 मई 2021, कालेबुङ ।

कालेबुङ विधानसभा क्षेत्रबाट रूदेन सादा लेप्चा नयाँ विधायक चुनिएका छन्। अत्यन्त्यै कडा चुनावी प्रतिद्वन्द्वितामा गोजमुमो विनय गुटका प्रार्थी रूदेन सादा लेप्चाले भाजपा प्रार्थी शुभ प्रधानलाई पराजित गरेर बिजय हासिल गरेका छन्। कालेबुङ विधानसभा क्षेत्रबाट बिधायक चुनिएपछी उनले सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेका छन्।



आज विहान 8 बजेदेखि सुरु भएको मतगणनामा कसले बिजय हासिल गर्ने हुन् भन्ने जिज्ञासा रहेको थियो। मोठ 16 वटा चरणमा सम्पन्न भएको मतगणनामा रूदेन सादा लेप्चाले मोठ 58,206 भोट प्राप्त गरेका छन् भने भाजपा प्रत्यासी शुभ प्रधानले 54,336 भोट हासिल गर्न सके। डा रूपले चुनावी प्रतिस्पर्धा देखिएको मतगणनामा आखिरमा लेप्चाले शुभ प्रधानलाई 3870 भोटको अन्तरले पराजित गरेर कालेबुङका नयाँ विधायक चुनिएका हुन्। यता गोजमुमो विमल गुरुङ गुटका प्रार्थी डा. आर.बी भुजेलले भने 31,856 भोट प्राप्त गरेर तेस्रो स्थान ओगटेका छन्।


चुनाव अधिकारीवर्गले ईभीएम मसिनमा बन्द मत खोलेपछी मतगणनाको पहिलो चरणमा नै रूदेन सादा लेप्चाले बाजी मार्न सफल भएका थिए। पहिलो चरणको मतगणनामा लेप्चाले 4682 भोट प्राप्त गरेका थिए भने भाजपा प्रार्थी शुभ प्रधानले केवल 2520 भोट प्राप्त गरेका थिए। यता गोजमुमो गुटका डा. आरबी भुजेलले 3282 भोट प्राप्त गरेका थिए।



त्यसपछी लेप्चाले अन्य चरणहरूमा पनि आफ्नो बडत बनाएर राख्न सक्षम भएका थिए भने आठौँ चरणमा आइपुग्दा भाजपा प्रार्थी सुभ प्रधानले मतान्तरको दुरी भने घटाएर रूदेन लेप्चाको नजिक पुगेका थिए। पाँचौ अनि छैटौँ चरणको मतगणनामा शुभ प्रधानले रूदेन लेप्चालाई पछी पार्न सफल बने पनि अघिल्लो चरणको मत परिणामले भने लेप्चा अघि नै रहेका थिए। तथापी आठौँ चरणमा आइपुग्दा रूदेन लेप्चा अनि शुभ प्रधान भन्दा केवल 775 भोटले अघि रहेका थिए। त्यसपछी पुन लेप्चाले बडत बानाए थिए। त्यसपछी 11 औँ चरणमा पुन: शुभ प्रधानले लेप्चाले भन्दा धेर भोट प्राप्त गरे पनि मोठ प्राप्त भोटमा भने पछी पार्न सकेनन्। जसको कारण अन्तिम चरणसम्म पनि आफ्नो बडत बनाएर राख्न सफल बनेका रूदेन लेप्चा नै आखिरमा बिजयी बनेका हुन्। 


बिजयी बनेपछी लेप्चालाई चुनाव अधिकारीको पक्षबाट बिजयी प्रमाण पत्र प्रदान गरियो। त्यसपछी उनले पत्रकारहरूसँग बोल्दै सम्पूर्ण मतदाताहरूलाई बधाई दिए। “यो बिजय जनताको विजय हो। भत्काउने र जलाउनेहरूलाई जनताले अस्वीकार गरिदिए। फोस्रो आश्वासन दिनेलाई अनि जनताले चुनेनन्। यसकारण यो जित जनतको जित हो अनि ती सबै जनतालाई यतिबेला बधाई दिन चाहन्छु” रूदेन लेप्चाले भने।


यसक्रममा उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि बधाई दिए। “राज्यमा पूर्ण बहुमतमा तृणमूल कङ्ग्रेसको सरकार बनियो। हामी अघिबाटै सरकारसँग मिलेर काम गर्नेहरू हौँ अनि आगामी दिनमा पनि मिलेर काम गर्नेछौँ। हामीले जनता समक्ष चुनावको समय गरेका वाचाहरू पुरा गर्न काम गर्नेछौँ” लेप्चाले भने। यसक्रममा उनले आफ्ना पार्टी अध्यक्ष विनय तामङ सचिव अनित थापालाई पनि बधाई दिए।


पार्टी अध्यक्ष विनय तामङ र अनित थापाले आफूलाई विश्वास गरेर टिकट दिएकै कारण आज बिजयी हुन सकेको भन्दै आफूलाई दिएको विश्वास पुरा गर्ने उनले बताए। बिजयी बनेपछी पार्टी समर्थकहरूले पार्टी कार्यलयसम्म उनलाई स्वागत गरेर ल्याएका थिए।


यता कालेबुङ विधानसभा क्षेत्रबाट चुनावी मैदानमा ओर्लिएका अन्य प्रार्थीहरूमा क्रमैले कङ्ग्रेस प्रत्यासी दिलिप प्रधानले1632, नेशन पिपल्स पार्टी प्रत्यासी पेंजो गोम्पु भोटियाले 1750, उज्जव राई 1495, भूपेन्द्र लेप्चा 1463, अनि सोङदेन लेप्चाले 1688  भोट प्राप्त गरेका छन् भने नोटामा 2142 भोट खसेको छ। 

Exclusive interview with Kalimpong MLA #RUDEN_LEPCHA

No comments:

Post a Comment

Post Bottom Ad