जितको खुशीयाली मनाउँदा जाति हारेको अनुभव गर्न नपरोस् – विमल गुरुङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 3, 2021

जितको खुशीयाली मनाउँदा जाति हारेको अनुभव गर्न नपरोस् – विमल गुरुङ

गफसफ.com, 3 मई 2021, कालेबुङ ।

विधानसभा चुनावमा दार्जीलिङ पहाडका जनताले गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुटलाई पूर्णरूपले अस्वीकार गरेका छन्।  दार्जीलिङ, खर्साङ अनि कालेबुङ विधानसभा आसनमा गोजमुमो विमल गुरुङ गुटले प्रार्थीहरू खडा गरे पनि तीनैजना प्रार्थीहरू पराजित भएका छन्। यसका साथै तीनै आसनमा बिमल गुरुङ गुट तेस्रो स्थानमा झरेका छन्। सन् 2007 पनि पहाडमा राजन गरेका विमल गुरुङ निर्वासित जीवनपछी पहाड फर्केर मैदानमा डटेर चुनावमा उत्रिए पनि जनताले भने विधानसभा चुनावमा अस्वीकार गरिदिएका छन्।


पहाडको तीनवटै आसनबाट चुनावमा आफ्ना प्रार्थीहरू पराजित बनेपछी विमल गुरुङले एक प्रेस बिज्ञप्ती जारी गर्दै जनादेशलाई स्वीकार गरेका छन्। “२०२१ विधानसभा चुनावमा दार्जीलिङ पहाड़ - तराई डुवर्समा आएको परिणामलाई हामी सहृदय स्विकार गदर्छौं। यस हारलाई नै भोली गोर्खा जातिको भविष्य निर्माणका निम्ति एक शिक्षाको रुपमा उपयोग गर्दै अघि बढ्ने भरमग्दुर प्रयास गर्नेछौं” विमल गुरुङले भनेका छन्।

यसक्रममा गुरुङले आफ्ना समर्थकहरूलाई सँगै विभिन्न परिस्थितिहरूले समर्थन गर्न नसक्नेहरूलाई पनि धन्यवाद दिएका छन्। “जीवन एउटा चुनौती हो र जीवनको हरेक चुनौतीलाई सामना गरेर अघि बढ्नु हामी मानव जातिको धर्म हो। हामी दार्जीलिङ पहाड़ तराई डुवर्समा रहेका हरेक वर्गको मानिसहरुलाई समेटेर जीवनको चुनौतीसँग जुझ्दै अघि बढ्ने नै छौं” विमल गुरुङलै विज्ञप्तीमा भनेका छन्।

यसका साथै उनले जितको खुशीयालीमा मनोरञ्जन गर्दा जाति हारेको अनुभव गर्न नपरोस् भन्ने कुरा पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad