‘सुखमान मोक्तान’ - भारतीय गोर्खाहरूको एउटा दह्रिलो खम्बा ढले ; मुनिष तामाङले भने – उनी गोर्वद्धन पर्वत जस्तै थिए (हेर्नुहोस् भिडियो सहित) - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 10, 2021

‘सुखमान मोक्तान’ - भारतीय गोर्खाहरूको एउटा दह्रिलो खम्बा ढले ; मुनिष तामाङले भने – उनी गोर्वद्धन पर्वत जस्तै थिए (हेर्नुहोस् भिडियो सहित)

गफसफ.com, 11 मई 2021, कालेबुङ ।

भारतीय गोर्खाहरूको राष्ट्रिय राजनैतिक सुरक्षाको बारेमा चिन्ता गरिरहने बाग्राकोट डुवर्सका बासिन्दा सुखमान मोक्तानको आज 71 वर्षको उमेरमा निधन भएको छ। पछिल्लो चार दशकदेखि कुनै पनि राजनैतिक पार्टीको झण्डा नसमाती अराजनैतिक संगठनहरूमा आवद्ध बनेर गोर्खा जातिको निम्ति कार्य गरिरहने सुखमान मोक्तान हाल भारतीय गोर्खा परिसघका राष्ट्रिय अध्यक्षको पदमा आसिन रहेका थिए। वितेको दुई महिनादेखि शाररिक अस्वस्थ रहेका सुखमान मोक्तानको आज ओदलाबारी ब्लक अस्पतालमा मृत्यु भएको हो।



नेपाली भाषा मान्यता आन्दोलनमा एकजना अग्रणी भाषा सङ्ग्रामीका रूपमा कार्य गरेका सुखमान मोक्तानले भारतभरी छरिएर बसेका गोर्खाहरूसँग समन्वय बनाएर गोर्खाहरू राष्ट्रिय स्तरमा एकबद्ध हुनपर्छ भन्ने अडान रहेको थियो। यसक्रममा उनले भारतीय गोर्खा परिसंघकै माध्यमबाट पनि भारतका राष्ट्रपति, प्रधानमन्त्री, केन्द्रिय मन्त्रीगण लगायत विभिन्न राज्यका मुख्यमन्त्रीसँगै सांसदहरूलाई भेट गरेर छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा भेटघाट गरेर समर्थन जुटाउने कार्य गरेका हुन्।


आज उनको मृत्युले गोर्खा समुदायमा एउटा ठूलो क्षति भएको छ। मोक्तानको मृत्युपछि भारतीय गोर्खा परिसंघका कार्यकारी अध्यक्ष मुनिष तामङले श्रद्धाञ्जली व्यक्त गर्दै उनको मृत्यु भारतीय गोर्खाहरूकै निम्ति ठूलो क्षति रहेको बताएका छन्।


भागोपप राष्ट्रिय अध्य्क्ष सुखमान मोक्तानको मृत्युमा दार्जीलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक सञ्जाल फेसबुक मार्फत् शोक प्रकट गरेका छन्।  यसरी नै कालेबुङका विधायक रूदेन सादा लेप्चा, दार्जीलिङका विधायक निरज जिम्बा, खर्साङका विधायक बी.पी बजगाईँले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत श्रद्दाञ्जली चढाएका छन्। उसरी नै गोजमुमो विनय गुटका अध्यक्ष विनय तामङ, महा-सचिव अनित थापा गोर्खालिग पार्टीका अध्यक्ष भारती तामङ आदिले पनि सुखमान मोक्तानको मृत्यु गोर्खाहरूको निम्ति ठूलो क्षति रहेको बताउँदै शोक प्रकट गरेका छन्। 


सुखमान मोक्तान के चाहन्थे हेर्नुहोस् भिडियोमा ...


No comments:

Post a Comment

Post Bottom Ad