चुनाव प्रचार गर्न गृहमन्त्री अमित शाह कालेबुङमा : भने – “एनआरसीले गोर्खाहरूलाई कुनै समस्या पार्दैन” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 12, 2021

चुनाव प्रचार गर्न गृहमन्त्री अमित शाह कालेबुङमा : भने – “एनआरसीले गोर्खाहरूलाई कुनै समस्या पार्दैन”

गफसफ.com, 12 अप्रेल 2021, कालेबुङ।

“यसपल्ट बङ्गालमा भाजपाले सरकार गठन गर्नेछ अनि दिदीको बिदाई निश्चित छ। दिदीको बिदाई कार्यमा पहाडका जनताले तीनवटै आसनबाट भाजपा प्रार्थीहरूलाई बङ्गाल विधानसभामा पठाउनुपर्नेछ” – उक्त कुरा आज केन्द्रिय गृहमन्त्री अमित शाहले कालेबुङमा भनेका हुन्।



आगामी 17 अप्रेलका दिन सम्पन्न हुने विधानसभा चुनावलाई लिएर कालेबुङ विधानसभा क्षेत्रका भाजपा प्रार्थी शुभ प्रधानको चुनाव प्रचार केन्द्रिह गृहमन्त्री अमित शाह कालेबुङ आइपुगेका थिए। उनले 10 माइल फाटकमा स्थित स्वामी विवेकानन्दको सालिगमा पुष्प अर्पण गरेर श्रद्धाञ्जली चढाएपछी भाजपा प्रार्थी शुभ प्रधानको साथमा रोड शो गरे। यस अवसरमा उनीसँग सांसद राजु विष्ट, गोरामुमो अध्यक्ष मन घिसिङ पनि साथमा रहेका थिए।

भाजपा प्रार्थी शुभ प्रधानलाई जनताले भोट दिनुपर्ने अपिलसँगै गरेको रोड शो कार्यक्रममा भारतीय जनता पार्टी, गोरामुमो, गोरानिमो सँगै अन्य गठबन्धन दलका समर्थकहरू व्यापक रूपले सहभागी बनेका थिए। यस अवसरमा मानिसहरूले अमित शाह जिन्दावादको नारासँगै प्रार्थी शुभ प्रधान जिन्दावादको नाराहरू लगाए।

10 माइलबाट सुरु भएको उक्त रोड शो डम्बर चौकमा आएर समापन भएको थियो। यस अवसरमा गृहमन्त्री अमित शाहले जनतालाई छोटो सम्बोधन गरे। उनले आफ्नो सम्बोधनको क्रममा भारतीय जनता पार्टीले संकल्प पत्रमा प्रकाशित गरेकै मुद्दाहरूलाई अघि सारेर गोर्खाहरूको निम्ति भाजपा सरकारले 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिने कार्यमा लागिपरेको बताए।

गृहमन्त्री अमित शाहले जनतालाई सम्बोधन गर्नेक्रममा कङ्ग्रेस, बामफ्रण्ट अनि तृणमूल कङ्ग्रेसलाई गोर्खाहरूको बलिदानको इतिहास थाह नरहेको बताउँदै भाजपाले दार्जीलिङमा गोर्खा स्वतन्त्रता सेनानीहरूको सङ्ग्राहलय निर्माण गर्ने पनि बताए। यसका साथै उनले एनआरसीलाई लिएर पहाडका जनतालाई भ्रम फैलाउने प्रयास भइरहेको भन्दै एनआरसी लागु भएको खण्डमा एकैजना गोर्खाहरू पनि एनआरसीको कारण खेदिनेछैन भने।

“तृणमूल कङ्ग्रेसले झूट बोलिरहेको छ। एनआरसीलाई लिएर तृणमूल कङ्ग्रेसले झूटो प्रचार गरिरहेको छ। अहिलेनै एनआरसी लागु भएको छैन अनि यदि लागु भएकै खण्डमा पनि एकैजना गोर्खाको पनि एनआरसीले छुने छैन” अमित शाहले भने। उनले भाजपा जबसम्म शाषणमा हुन्छ तबसम्म गोर्खाहरूलाई कुनै पनि समस्या नआउने पनि दाबी गरे। यसक्रममा उनले सन् 2019 मा लोकसभा चुनाव प्रचारको क्रममा कालेबुङमा गोर्खा समुदायका 11 जात गोष्ठीलाई जनजातिको मान्यता दिने गरेको घोषणालाई पुन दोहोर्‍याए।

भाजपाले उत्तर बङ्गालमा एउटा एम्स बनाउने, एउटा केन्द्रिय विश्वविद्यालयको निर्माण गर्ने तय गरेको बताउँदै शाहले पहाडलाई टुरिजम हट बनाउन एकहजार करोड भाजपा सरकारले दिने तय गरेको पनि शाहले चुनावी सभालाई सम्बोधन गर्दै भने।

No comments:

Post a Comment

Post Bottom Ad