हिल तृणमूल कङ्ग्रेस पार्टीमा फाटो : विमल गुरुङ गुटलाई समर्थनको घोषणाप्रति पार्टीकै नेताहरूले जनाए विरोध - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, April 4, 2021

हिल तृणमूल कङ्ग्रेस पार्टीमा फाटो : विमल गुरुङ गुटलाई समर्थनको घोषणाप्रति पार्टीकै नेताहरूले जनाए विरोध

गफसफ.com,  4 अप्रेल 2021, कालेबुङ ।

पहाडका तीनवटा आसनमा आगामी विधानसभा चुनावमा हिल तृणमूल कङ्ग्रेसले गोजमुमो विमल गुटलाई समर्थनको घोषणा गर्न साथै यता हिल तृणमूल कङ्ग्रेसकै नेताहरूले विरोध जनाएको छ। आज एक पत्रकार सम्मेलनको आयोजना गरेर तृणमूल कङ्ग्रेस नेता विन्नी शर्मा, छेवाङ भोटियाले पहाडको तीनवटा आसनमा गोजमुमो विमल गुटलाई समर्थन गर्नुपर्ने पार्टी प्रमुख ममता ब्यानर्जीबाट आदेश नआएको दाबी गरेका छन्।


हिल तृणमूल कङ्ग्रेसले गोजमुमो विमल गुटलाई समर्थनको घोषणा गर्नि पार्टी हाई कमाण्डको निर्देश नभएर केहि पार्टीभित्र रहेका स्वार्थी व्यक्तिहरूको आफ्नै स्वार्थ रहेको पनि विन्नी शर्माले आरोप लगाएका छन्। विमल गुरुङ गुटलाई समर्थनको घोषणापछी आफूले कोलकोतामा सम्पर्क गरेर उक्त निर्णयबारे जान्न चाहँदा पार्टी हाईकमाण्डले कुनै त्यस्तो निर्णय नदिएको दाबी गर्दै आवश्यक परेको खण्डमा आफूले प्रमाण दिन सक्ने पनि शर्माले बताएका छन्।

हिल तृणमूलले अचानक गोजमुमो विमल गुटलाई समर्थनको घोषणापछी धेरै तृणमूल कार्यकर्ताहरू निराश भएको बताउँदै हिजका दिनमा गोजमुमो विमल गुरुङहरू सत्तामा हुँदा पीडित बनेकाहरू सबै दुखी बनेका छन् भनि शर्माले बताएका छन्। “तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले धेरौ अन्याय र अत्याचार सहन गरेका छन्। आफ्नो घरबार त्यागेर पनि पार्टीका निम्ति काम गरेका छन्। तर, त्यस्ता पार्टीकर्मीहरूलाई वेवास्ता गरेर आफ्नो नीजि स्वार्थ लिएर पार्टीमा प्रवेश गर्नेहरूले विमल गुरुङहरूलाई कसरी समर्थनको घोषणा गर्दैछन्। यो समर्थनको घोषणा पार्टी हाईकमाण्डको घोषणा होइन” विन्नी शर्माले अझ भने – “पार्टीको सर्वोच्च नेत्रीले कुनै निर्णय दिन्छन् भने हामी त्यसलाई सहर्ष स्वीकार गर्छौँ।”

यसैक्रममा पत्रकारहरूको प्रश्नको जवाब दिँदै विन्नी शर्माले विमल गुरुङहरूलाई समर्थनको निर्णय घोषणा गर्नेहरूलाई पार्टीले कार्वाही गर्नुपर्ने माग गरेका छन्। किन भने समर्थनको घोषणा गर्नेहरूले पार्टी उच्च नेत्रीको आदेश बिनै घोषणा गरेको दाबी गर्दै उक्त घोषणाप्रति आफूहरूको घोर आपत्ती रहेको पनि शर्माले भने। उनले सन्  2017 मा पहाडमा अशान्ति सिर्जनाले जनता पीडित बनेको अवस्थामा त्यस विषम परिस्थितिबाट पहाडलाई बचाउनेहरूलाई नै यतिबेला साथ दिनुपर्ने आवश्यक्ता रहेको भन्दै पार्टी नेत्री ममता ब्यानर्जीको निर्णयलाई नै आफूहरूले सर्वोपरी मान्ने पनि बताएका छन्।


No comments:

Post a Comment

Post Bottom Ad