कालेबुङ विधानसभा क्षेत्रमा चुनाव पूर्णरूपले शान्तिपूर्ण सम्पन्न : प्रार्थीहरूमा देखियो त्रिकोणीय प्रतिस्पर्धा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 17, 2021

कालेबुङ विधानसभा क्षेत्रमा चुनाव पूर्णरूपले शान्तिपूर्ण सम्पन्न : प्रार्थीहरूमा देखियो त्रिकोणीय प्रतिस्पर्धा

गफसफ.com, 17 अप्रेल 2021, कालेबुङ।

कठोर सुरक्षा व्यवस्थाको साथमा आज पाँचौ चरणको विधानसभा चुनाव कालेबुङ जिल्लाको 301 वटा मतदान केन्द्रहरूमा सम्पन्न भयो। विहान 7 बजेदेखि सुरु भएको मतदान साम्झ 6:30 बजेसम्म सम्पन्न भयो। कालेबुङ जिल्लाको सबै मतदान केन्द्रहरूमा चुनाव पूर्णरूपले शान्तिपूर्ण सम्पन्न भएको छ भने मतदानको समय कहीँ कतै गडबडी भएको खबर समाचार लेखुँञ्जेलसम्म प्राप्त भएको छैन। निर्धारित समयदेखि सुरु भएको चुनाव साँझ 6:30 बजेसम्म कालेबुङ विधानसभा क्षेत्रमा 72.47 प्रतिशत मतदान भएको छ।

 


कालेबुङ विधानसभा क्षेत्रबाट चुनावी मैदानमा ओर्लिएका मोठ 8 जना प्रार्थीहरूको भाग्य जनताले ईभीएम मसिनमा बन्द गरेका छन्। उनीहरूको भाग्य आगामी 2 मईका दिन मात्र खोलिने भएको छ । चुनावी मैदानमा ओर्लिएका 8 जना प्रार्थीहरूले बिहान आ-आफ्ना मतदान केन्द्रहरूमा मतदान गरे भने निर्दल प्रार्थी भूपेन्द्र लेप्चाले खर्साङमा आफ्नो मतदान केन्द्रमा मतदान गरेका हुन्।

कालेबुङ विधानसभा क्षेत्रबाट चुनावी मैदानमा ओलिएका कङ्ग्रेस प्रार्थी दिलिप प्रधानम भाजपा प्रार्थी शुभ प्रधान, नेशन पिपल्स पार्टीका प्रार्थी पेंजो गोम्पु भोटिया, गोजमुमो विनय गुटका प्रार्थी रूदेन सादा लेप्चा, गोजमुमो विमल गुटका प्रार्थी डा. आर.बी भुजेल, गोर्खालिग पार्टीका प्रार्थी उज्जवल राई, निर्दल प्रार्थीहरू सोङदेन लेप्चा अनि भूपेन्द्र लेप्चाले आ-आफ्ना मतदान केन्द्रहरूमा मतदान गरेपछी चुनावी मैदानमा ओर्लिएका सबै प्रार्थीहरूलाई शुभकमना दिँदै सबै आ-आफ्नो जितको दाबी गरे। सबै प्रार्थीहरूले जितको दाबी गरे पनि मुख्य रूपले चुनावी प्रतिद्वन्द्विता भने भाजपाबाट शुभ प्रधान अनि गोजमुमो विनय गुटका रूदेन सादा लेप्चा अनि विमल गुरुङ गुटका डा. आर.बी भुजेल माझ हुने निश्चित भएको छ।


कालेबुङ शहरको चेस्ट क्लिनिकमा अवस्थित मतदान केन्द्रमा मतदान गरेपछी भाजपा प्रार्थी शुभ प्रधानले पत्रकारहरूसँग कुराकानी गर्दै जनताले पूर्णरूपले आफूलाई बिजयी गराउने विषयमा आफु विश्वस्त रहेको दाबी गरे। “मैले आज आफैलाई मतदान गरे। यो जीवनमा एउटा स्मरणीय क्षण बनेर रहनेछ। यसका साथै जनताले विधानसभा बहुमत दिएर पठाउने कुरामा पनि विश्वस्त रहेको छु” शुभ प्रधानले भने। यसक्रममा चुनाव प्रचारले व्यस्त रहेर आज मतदान भएपछी एउटा थकानबाट मुक्त हुनसकेको भन्दै आगामी 2 मईका दिन जनताले परिवर्तन पाउने पनि प्रधानले  विश्वास व्यक्त गरे।

यता भाजपासँग गठबन्धन तोडेर तृणमूल कङ्ग्रेससँग गठबन्धन गरेर चुनावी मैदानमा ओर्लिएका गोजमुमो विमल गुरुङ गुटका प्रार्थी डा. आर.बी भुजेलले कालेबुङ शहरदेखि लगभग 45 किलोमिटर टाडा आफ्नो गाउँमा रहेको यांग्री प्राथमिक पाठशालामा अवस्थित मतदान केन्द्रमा मतदान गरे। मतदान गरेपछी उनले पत्रकारहरूलाई सम्बोधन गर्दै आफू सर्वाधिक मत प्राप्त गरेर बिजय हुने दाबी गरे। उनले कालेबुङ विधानसभा क्षेत्रमा त्रिकोणीय प्रतिस्पर्धा रहेको भएपनि आफू नै जित लिएर विधानसभा पुग्ने विश्वास व्यक्त गरे।

यसरी नै गोजमुमो विनय तामङ गुटका प्रार्थी रूदेन सादा लेप्चाले कालेबुङबाट लगभग 12 किलोमिटर टाडामा अवस्थित ग्रामीण क्षेत्र रेलीमा अवस्थित मतदान केन्द्रमा मत खसालेपछी कालेबुङबाट आफ्नो जितको दाबी गरे। “मैले पञ्चायत चुनावमा पहिला आफैलाई भोट हालेको हुँ भने यसपल्ट विधानसभा चुनावमा आफैलाई भोट हाले। यसपल्ट जनताले मलाई जिताएर विधानसभा पठाउनेछ भन्ने कुरामा पूर्णरूपले विश्वस्त छु” लेप्चाले भने।

यसरी नै चुनावी मैदानमा रहेका कङ्ग्रेस पार्टीका प्रार्थी दिलिप प्रधानले शहर नजिक एस.यु.एम.आई. विद्यालयमा अवस्थित मतदान केन्द्रमा मतदान गरेपछी आफ्नो जितको दाबी गरे। यसका साथै नेशनल पिपल्स पार्टीका प्रार्थी पेंजो गोम्पु भोटियाले कालेबुङ टाउन हलमा अवस्थित मतदान केन्द्रमा मतदान गरे। सोहिक्रममा गोर्खालिग पार्टीका प्रार्थी उज्जव राईले कल ज्योति विद्यालयमा अवस्थित मतदान केन्द्रमा मत खसाले भने सोङदेन लेप्चाले शहरदेखि लगभग 40 किलोमिटर टाडा अवस्थित ग्रामीण क्षेत्र गीतडाब्लिङमा रहेको मतदान केन्द्रमा आफ्नो मत खसाले।

 

No comments:

Post a Comment

Post Bottom Ad