पहाड जलाउनेहरूलाई हिल तृणमूलले साथ दियो, जनताले पहाड बनाउनेहरूलाई चुन्नेछन् – अनित थापा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 3, 2021

पहाड जलाउनेहरूलाई हिल तृणमूलले साथ दियो, जनताले पहाड बनाउनेहरूलाई चुन्नेछन् – अनित थापा

गफसफ.com,  3 अप्रेल 2021, कालेबुङ ।

हामीले हिजका दिनमा पहाड जलाउने घट्नाहरूको विरोध गर्दै बाहिर निस्केका हौँ। पहाडमा शान्ति र विकासको हामीले तृणमूल कङ्ग्रेससँग मिलेर कार्य गर्‍यौँ। तर, आज हिल तृणमूल कङ्ग्रेसले पुन: पहाड जलाउनेहरूलाई नै समर्थनको घोषणा गर्दा हामी आश्चर्यमा छौँ। अब जनताले नै पहाड जलाउनेहरूलाई साथ दिने हुन् अथवा पहाड बनाउनेहरूलाई त्यो आगामी दिनमा नै तय हुनेछ” उक्त कुरा गोजमुमो विनय गुटका महासचिव अनित थापाले भनेका हुन्।

Anit Thapa -File Photo

हिल तृणमूल कङ्ग्रेसले पहाडको तीनवटा आसनमा गोजमुमो विमल गुटलाई समर्थनको घोषणा गरेपछि विनय गुटका महासचिव अनित थापासँग प्रतिक्रिया लिन चाहँदा उनले “जनताले पहाड जलाउनेहरूलाई साथ दिनुहुँदैन भने।” वितेको दिनहरूमा पहाडमा जुन प्रकारले अशान्ति सिर्जना भएको थियो त्यस्तै प्रकारको अशान्ति पहाडका जनतालाई अस्वीकार्य रहेको कारण अब आफ्नो पहाड निर्माणको निम्ति जनता अघि आइरहेको पनि थापाले बताएका छन्।

उनले बिगतका दिनहरूमा विमल गुरुङको नेतृत्वमा हिल तृणमूल कङ्ग्रेस पार्टीका कार्यकर्ताहरूको घर जलाउने, पहाडबाट खेद्ने जस्ता घट्नाहरू भएर अत्याचार भएको बताउँदै आज ती अन्याय र अत्याचार खप्नेहरूले कसरी विमल गुरुङलाई नै समर्थन गर्दैछन् भनि थापाले आश्चर्य प्रकट गरे। यद्यपी उनले कसैको निर्णयमा आफ्नो कुनै हस्तक्षेप नहुने भन्दै निर्णय सबैले स्वेच्छाले गर्न सक्छन् भने।

“यसपल्ट जनताले कर्म हेरेर भोट हाल्नेछन्। यदि हामीमे गरेका कर्म जनताले मन पराएका छन् भने हामीलाई भोट हाल्नेछन् तर, यदि घर जलाउने र पहाड भत्काउने कर्महरूले नै जनताले मन पराउँछन् भने त्यो पनि उनीहरूकै निर्णय हो। यो अवस्थामा यसपल्ट जनताले पहाड बिगार्ने होइन तर पहाड बनाउनेहरूलाई चुन्ने कुरामा आशावादी छौँ” अनित थापाले भने।

1 comment:

  1. Casino Slot Machine Map - MapyRO
    Welcome 영주 출장안마 to Casino Slot Machine Map. Mapyro. Casino Slot Machine 광양 출장안마 Information, Mapyro 상주 출장샵 Map, Casinos, and Casinos. 경기도 출장안마 Get map directions, 속초 출장마사지 reviews,

    ReplyDelete

Post Bottom Ad