विमल गुरुङ आइपुगे कालेबुङ; भने – भाजपालाई पराजित गर्नेछौँ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 2, 2021

विमल गुरुङ आइपुगे कालेबुङ; भने – भाजपालाई पराजित गर्नेछौँ

गफसफ.com,  2 अप्रेल 2021, कालेबुङ ।

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ कालेबुङ आइपुगेका छन्। विधान सभा चुनावको निम्ति साङ्गठनिक क्रियाकलापबारे चर्चा गर्न उनी आज कालेबुङ आइपुगेका हुन्। कालेबुङ आउने क्रममा गुरुङलाई पार्टी कार्यकर्ताहरूले उनलाई टीस्टा बजारदेखि नै स्वागत गरे। यसक्रममा गुरुङले टिस्टा बजारमा कालेबुङ विधानसभा आसनका प्रार्थी डा. आर.बी भुजेलको साथमा पैदल यात्रा समेत गरे।


टिस्टाबाट कालेबुङ आउने क्रममा उनलाई पार्टीका कार्यकर्ताहरूले नोभेल्टी परिसरमा स्वागत गरेका थिए। कालेबुङ आइपुगेपछि उनले पत्रकारहरूसँग बोल्दै भाजपालाई पराजित गर्ने दाबी गरे। आजसम्म भाजपाले गोर्खाहरूलाई धोका मात्रै दिएको बताउँदै चुनावमा भाजपालाई पराजित गर्न अनि ममता ब्यानर्जीलाई पुन: मुख्यमन्त्री बनाउने आफूहरूले जोडदार कार्य गरिरहेको पनि गुरुङले बताए।

No comments:

Post a Comment

Post Bottom Ad