भाजपा विरोधी राजनैतिक दलहरूले जनतामा भ्रम फैलाउने प्रयास गरिरहेको छ - शुभ प्रधान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 2, 2021

भाजपा विरोधी राजनैतिक दलहरूले जनतामा भ्रम फैलाउने प्रयास गरिरहेको छ - शुभ प्रधान

गफसफ.com,  2 अप्रेल 2021, कालेबुङ ।

चुनावको मौसनमा भाजपा विरोधी राजनैतिक दलहरूले जनतामा भ्रम फैलाउने प्रयास गरिरहेको प्रार्थी शुभ प्रधानले आरोप लगाएका छन्। उनले केहि दिन यता गृहमन्त्री अमित शाह, कैलाश बिजयवर्गीले दिएका बयानहरूसँगै आर.एस.एस.को नाउँमा फर्जी पत्र भारल गरेर भाजपा विरोधीहरूले जनतामा भ्रम फैलाउने प्रयास गरिरहेको एक पत्रकार सम्मेलन डाकेर आरोप लगाएका हुन्।


भाजपा नेता कैलाश बिजयवर्गीयले केहिदिन अघि नेपालका एघार गोर्खा जात गोष्ठिलाई जनजातिको मान्यता दिने भनि दिएको बयान अञ्जानमा भएको भूल भन्दै यसलाई कतिपय राजनैतिक दलहरूले आफ्नो स्वार्थपूर्तीको निम्ति प्रचार गरिरहेको बताए।

भाजपाको घोषणा पत्रमा एघार जात गोष्ठिलाई जनजातिको मान्यता दिने कुरा उल्लेख भएको अनि यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलै वितेको समयमा बयान दिएको अवस्थामा कैलाश बिजयबर्गीको बयानलाई चुनावमा दुष्प्रचार गरिएको पनि प्रधानले बताएका छन्। यसैक्रममा गृहमन्त्री अमित शाहले गोर्खाल्याण्ड गठनको कुनै योजना नरहेको बयान एक समाचार पत्रलाई दिएको अन्तरवार्ता प्रकाशित भएपछी उक्त बयानलाई पनि चुनावी नाफाका निम्ति राजनैतिक पार्टीहरूले प्रचारमा ल्याएको भन्दै केहि समयपछी गृहमन्त्री अमित शाह आफैले नै चुनाव प्रचारको क्रममा यसबारे स्पष्ट पार्ने सक्ने आशा रहेको पनि प्रधानले बताएका छन्। यसै अवसरमा उनले पहाडका तीनवटा आसनबाट भाजपा प्रार्थीहरूको जित निश्चित रहेको पनि उनले बताएका छन्।

पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा शुभ प्रधानले आफू सत्ताभोग गर्ने उद्देश्य बोकेर भाजपामा सामेल नभएको स्पष्टिकरण दिँदै यदि सत्ता भोग गर्ने चाहना नै हुँदो हो भने आफूले कालेबुङ नगरपालिका अध्यक्षको पद नछोड्ने कुरा दोहोर्‍याए। उनले राज्यमा यसपल्ट भाजपाको सरकार गठन हुने दाबी गर्दै केन्द्र र राज्य दुवैमा भाजपाको सरकार हुँदा पहाडमा पनि उदाहरणीय कार्य जनताको हितमा गर्ने उनले दाबी गरेका छन्। यस्तो अवस्थामा पहाडका जनताले गलत निर्णय लिए पश्चताप गर्नुपर्ने अवस्था आउन अघिजनताले सही निर्णय लिने पनि उनले बताएका छन्।

यता चुनाव पर्यावक्षकका रूपमा आएका सतीश पांडेले हालमा सांगठनिक कार्यलाई अघि बडाउने कार्य गरिरहेको बताउँदै भाजपाले यहाँका जनताको पक्षमा निश्चय नै ठोस कार्य गर्ने पनि दाबी गरेका छन्। उनले भाजपाएले पहाडका निम्ति छुट्टै चुनावी घोषणा पत्र प्रकाशित गर्ने जानकारी दिँदै उक्त घोषणा पत्रमा पनि गोर्खा समुदायका निम्ति निश्चय नै राम्रो कुरा स्पष्टसँग उल्लेख रहने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad