गोजमुमो विमल गुटलाई हिल तृणमूलको समर्थन : भन्यो – ‘विमल गुरुङ तृणमूलसंग इमान्दार छन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, April 3, 2021

गोजमुमो विमल गुटलाई हिल तृणमूलको समर्थन : भन्यो – ‘विमल गुरुङ तृणमूलसंग इमान्दार छन्’

गफसफ.com,  3 अप्रेल 2021, कालेबुङ ।

हिल तृणमूल कङ्ग्रेस पार्टीले आगामी विधानसभा चुनावमा गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुटलाई समर्थन गर्ने घोषणा गरेको छ। हिल तृणमूल कङ्ग्रेस पार्टीका अध्यक्ष एल. बी राई अनि राज्य सभा सांसद शान्ता छेत्रीले आज कालेबुङबाट उक्त घोषणा गरेका हुन्। लामो समयसम्म छलफल गरेपछी आखिरमा हिल तृणमूल कङ्ग्रेसले पहाडको तीनवटै आसनमा गोजमुमो विमल गुटलाई समर्थन गर्ने निर्णय लिएको एल.बी राईले बताए।


“आगामी विधानसभा चुनावमा हिल तृणमूल कङ्ग्रेसले पहाडको तीनवटा आसनहरू क्रमैले दार्जीलिङ, कालेबुङ अनि खर्साङ विधानसभा आसनका निम्ति गोजमुमो विमल गुरुङ गुटलाई समर्थनको घोषणा गर्दछौँ” अध्यक्ष एल.बी राईले भने। उनले पहाडका सम्पूर्ण तृणमूल कार्यकर्ताहरू अब कुनै भ्रममा नबसेर गोजमुमो विमल गुटलाई समर्थन गर्ने आह्वान पनि गरेका छन्।

हाल गोजमुमो नेता विमल गुरुङले तृणमूल कङ्ग्रेस पार्टीलाई विजय बनाउनको निम्ति तराई डुवर्स क्षेत्रमा तृणमूल कङ्ग्रेसकै झण्डा बोकेर हिँडिरहेको बताउँदै विमल गुरुङ नै तृणमूल कङ्ग्रेस पार्टी प्रति धेर इमान्दार देखिएको कारणले पनि उनलाई समर्थन गर्ने घोषणा गरेको एल.बी राईले स्पष्ट पारेका छन्। यसक्रममा उनले अन्य साथीहरूले तृणमूललाई समर्थन गर्छौँ भने पनि व्यवहारिक रूपमा विमल गुरुङ जस्तै खुलेर तृणमूल पार्टीको निम्ति अघि नआएकै कारण उनलाई समर्थन गरेको राईले अझ बताएका छन्।

“हामीले गोजमुमो विनय गुटसँग गठबन्धन गरेर कार्य गर्दै आएका हौँ। यति हुँदा हुँदै पनि गोजमुमो विनय गुटका अध्यक्ष विनय तामङ आफैले बारम्बार हामीलाई बैसाखीको आवश्यक्ता छैन भन्दै बयान दिइरहेका छन्। यदि उनीहरूलाई वैशाखीको आवश्यक छैन भने हील तृणमूल उनीहरूसँग टाँसिरहने आवश्यक छैन” एल.बी राईले भने।

उनले पहाडमा मुख्यरूपले भारतीय जनता पार्टीलाई पराजित गर्नु नै उद्देश्य रहेको बताउँदै हिज बसेको वैठकमा अन्तिम निष्कर्ष विमल गुरुङ गुटलाई समर्थन गर्ने भएको उनले अझ जानकारी गराए। हिल तृणमूल कङ्ग्रेस पार्टीलाई एउटा ठोस् निर्णय लिनै पर्ने आवश्यक्ता रहेको कारण अनि पार्टी कार्यकर्ताहरू अलमल्ल नपरोस् भनेर आफूहरूले मिडिया मार्फत् निर्णय सार्वजनिक गरेको पनि राईले जानकारी गराएका छन्।

“पहाडको प्रत्येक ठाउँहरूमा तृणमूल कङ्ग्रेस 30 प्रतिशतभन्दा धेर छन्। भाजपालाई मात्र पराजित गर्नकै निम्ति पहाडमा तृणमूल पर्याप्त थियो। यद्यपी तृणमूल कङ्ग्रेसले जसलाई समर्थन गर्छ उसैको पल्ला भारी हुने नै हो। आज भाजपालाई पराजित गर्न हामीले विमल गुटलाई समर्थन गरेका छौँ” एल बीराईले भने।

यसैक्रममा पत्रकार सम्म्लेनलाई सम्बोधन गर्दै तृणमूल राज्यसभा सांसद शान्त छेत्रीले पार्टीको आन्तरिक सभा बसेर नै आखिरमा पहाडका तीनवटा आसनबाट गोजमुमो विमल गुटलाई समर्थनको घोषणा गरेको जानकारी गराईन्। यसक्रममा उनले यसपल्ट पनि बङ्गालको सत्तामा ममता ब्यानर्जीलाई नै मुख्यमन्त्री बनाउने बताउँदै हिज गोजमुमो विमल गुटसँग वैठक बसेर अन्तिम निर्णय लिइएको पनि शान्ता छेत्रीले जानकारी गराएकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad