गोर्खाल्याण्ड राज्य गठन राष्ट्रहितमा नरहेको आरएसएसको पत्र भाइरल : संघका कालेबुङ प्रमुखले भने ‘पत्र झूटो हो” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 31, 2021

गोर्खाल्याण्ड राज्य गठन राष्ट्रहितमा नरहेको आरएसएसको पत्र भाइरल : संघका कालेबुङ प्रमुखले भने ‘पत्र झूटो हो”

गफसफ.com,  31 मार्च 2021, कालेबुङ ।

छुट्टै राज्य गोर्खाल्याण्ड गठनको विरोधमा राष्ट्रिय स्वयं सेवक संघ (आर.एस.एस) ले लेखेको पत्र सामाजिक संजालमा भाइरल बनेको छ। राष्ट्रिय स्वयं सेवक संघको कालेबुङ प्रान्तले सन् 2015 मा नै छुट्टै राज्य गोर्खाल्याण्ड गठनको विरोध गर्दै लेखेको पत्र सामाजिक सञ्जालमा भाइरल बनेपछी यता संघका प्रमुख अम्बिका प्रसाद शर्माले खण्डन गर्दै उक्त घट्नालाई चुनावी प्रोपोकाण्ड हो भनेका छन्।



तत्कालिन संघका पात सञ्चालक विद्रोही सरकार, पात कार्यवाहक प्रदीप अधिकारी, पान्त प्रचारक जलधर महतो एवं कालेबुङ जिल्ला संचालक अम्बिका प्रसाद शर्माको अगुवाईमा 1 अप्रेल 2015 का दिन बसेको गोपनीय वैठकले संघलाई बलियो बनाउन पश्चिम बङ्गालमा दार्जीलिङ अनि कालेबुङबाट सुरुआत गर्नुपर्ने पत्रमा लेखेको छ। यसका साथै उक्त पत्रमा राष्ट्र हीतको निम्ति दार्जीलिङलाई अलग राज्यको मान्यता नदिनुपर्ने पनि स्पष्ट लेखेको छ। यतिमात्र होइन उक्त भाइरल बनेको पत्रमा गोर्खाल्याण्डको माग गर्नेहरू यहाँका बासिन्दाहरू नभएर नेपाल, भुटान तथा तिब्बतका जातिहरू हुन् भन्ने गम्भीर आरोप समेत लगाइएको छ।

अम्बिका प्रसाद शर्मा


यसका साथै यहाँका बासिन्दाहरूमा भुजेल, गुरुङ, लेप्चा, लिम्बु, मगर, राई, सुनुवार तामङ भोटे आदिलाई जातिवादमा उल्झाउनुपर्ने कुरा बताउँदै गोर्खाल्याण्ड माग्ने नेताहरूको घरमा छापा मारेर माहोललाई आन्दोलनकारीहरूको पक्षबाट हटाउनुपर्ने पनि लेखेको छ। यसका साथै यहाँबाट चुनिने सांसद समेत बाहिरका हुनपर्ने जसको कारणले यहाँका मानिसहरूले गोर्खाल्याण्डको निम्ति दवाब दिन नसकोस् भन्ने पत्रमा लेखिएको छ।


भाइरल पत्र जस्ताको त्यस्तै 

सामाजिक संजालमा भाइरल बनेको उक्त पत्रको वास्तविकता बुझ्न आरएसएसको कार्यलयमा पुगेर कालेबुङका संघ प्रमुख अम्बिका प्रसाद शर्मासंग जान्न चाहँदा उनले उक्त पत्र झुटो रहेको दाबी गरे। उनले उक्त पत्र पूर्णरूपले झूटो हो भन्ने दाबी गर्दै आफूहरूले यसबारे खोजी गरिरहेको बताए। उनले उक्त पत्रमा उल्लेखित पत्रको ठेगानामा पूर्णरूपले भूल रहेको, पत्रमा रहेका शब्द संरचना पटक्कै नमिल्दो रहेको कारण उक्त पत्र झूटो रहेको दाबी गरे। यसक्रममा उनले हाल चुनावको ठिक अघि उक्त पत्र भाइरल बन्नुको पछि कुनै ठूलो षडयन्त्र रहेको दाबी गर्दै “यो हिन्दु एकतालाई विभाजन गर्ने प्रयास हो भने।”


आर.एस.एसको नाममा लेखिएको पत्र अचानक अहिले भाइरल हुनुको पछी भोट बजारको षडयन्त्र रहेको आरोप लगाउँदै यसको जवाब दिने सही समय रहेको पनि उनले बताएका छन्। यसका साथै उनले गोर्खाको हितमा आरएसएस रहेको दाबी गरेका छन्। 


No comments:

Post a Comment

Post Bottom Ad