तृणमूल कङ्ग्रेसले तेस्रोचोटी पनि राज्यमा सरकार गठन गर्नेछ – सांसद शान्ता छेत्री - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 10, 2021

तृणमूल कङ्ग्रेसले तेस्रोचोटी पनि राज्यमा सरकार गठन गर्नेछ – सांसद शान्ता छेत्री

गफसफ.com, 10  मार्च 2021, कालेबुङ ।

तृणमूल कङ्ग्रेसकी राज्यसभा सांसद एवं कालेबुङ जिल्ल कङ्ग्रेस अध्यक्ष शान्ता छेत्रीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले तेस्रोचोटी मुख्यमन्त्री बन्ने दाबी गरेकी छन्। कालेबुङ आइपुगेकी छेत्रीले “खेला होबे” भन्दै “बङ्गालमा तृणमूल सरकार नै आउनेछ” भनिन्।


उनले तृणमूल कङ्ग्रेसलाई पश्चिम बङ्गालमा तेस्रोचोटी जनताले सत्तामा ल्याउने दाबी गर्दै अहिलेसम्म जनताको पक्षमा तृणमूल सरकारले गरेका विकासका कार्यहरूलाई हेरेर नै जनताले ममता ब्यानर्जीको नेतृत्वमा सरकार गठन हुने उनले दाबी गरिन्।

कालेबुङमा तृणमूल कङ्ग्रेस पार्टीको साङ्गठनिक कार्यलाई लिएर आएको बताउँदै उनले पहाडको तीनवटा आसनमा तृणमूल कङ्ग्रेसले प्रार्थी खडा नगरे पनि पार्टी हाई कमाण्डको निर्देश अनुसार नै आफुहरूले कार्य गर्ने पनि छेत्रीले जानकारी दिइन्। “हामी पार्टीका सिपाहीहरू मात्र हौँ। पार्टीले पहाडमा टिकट नदिँदा हामीलाई कुनै समस्या छैन। हाम्रो पार्टी प्रमुखबाट हामीलाई जस्तो निर्देश आउनेछ त्यो अनुसार नै हामी कार्य गर्दै अघि बड्नेछौँ” शान्ता छेत्रीले भनिन्।

No comments:

Post a Comment

Post Bottom Ad