तिब्बती समुदायका मानिसहरूले निकाले चीन अतिक्रमणको विरोधमा शान्ति जुलुस - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 10, 2021

तिब्बती समुदायका मानिसहरूले निकाले चीन अतिक्रमणको विरोधमा शान्ति जुलुस

गफसफ.com, 10  मार्च 2021, कालेबुङ ।

तिब्बती समुदायका मानिसहरूले कालेबुङमा आज एक र्‍याली निकालेर तिब्बती उच्छेद दिवस पालन गर्‍यो। रिजनल टिबेटेन युथ कङ्ग्रेस अनि रिजन टिबेटेन महिला कङ्ग्रेसको आयोजनामा सम्पन्न उक्त उछेद दिवसमा तिब्बती समुदायका मानिसहरूले फ्रि-टिबेटको मागमा लेखिएका प्ला कार्डहरू बोकेर शान्तिप्रिया जुलुस निकाले।


स्थानीय मानेलाखङ गुम्बाबाट निस्किएको उक्त शान्ति जुलुसले कालेबुङ शहर परिक्रमा गरेर डम्बर चौकमा आइपुगेपछि केहि समयको निम्ति मौन धर्ना प्रदर्शन गरे। चिन सरकारले तिब्बतलाई मुक्त गर्नुपर्ने, सांस्कृतिक तिब्बीहरूमाथी सांस्कृतिक अतिक्रमण बन्द गर्नुपर्ने आदि मागमा लेखिएका प्ला-कार्ड बोकेका तिब्बती समुदायका मानिसहरूले यसक्रममा चीन सरकारले गरिरहेको तिब्बतमाथीको अतिक्रमणलाई भारत सरकारले ध्यान दिनुपर्ने माग समेत गरेका छन्।

यसक्रममा टाँसी भोटियाले चीन सरकारले तिब्बतमाथीको अतिक्रमण बन्द गरेर तीबतलाई स्वतन्त्र बनाउनुपर्ने माग गरे। उनले चीन सरकारले तिब्बतती समुदायलाई मास्नका निम्ति बारम्बार षडयन्त्र गरिरहेको आरोप लगाउँदै यसबारे विश्वको ध्यान हुनपर्ने अनि युएनओ जस्तो संस्थाले कार्वाही गर्नुपर्ने माग समेत गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad