चुनाव अघि विमल गुरुङ गुटमा चल्यो पैह्रो : शिर्ष नेता शुभ प्रधान लगायत कालेबुङ जिल्ला समितिका सदस्यहरूले दिए राजीनामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 14, 2021

चुनाव अघि विमल गुरुङ गुटमा चल्यो पैह्रो : शिर्ष नेता शुभ प्रधान लगायत कालेबुङ जिल्ला समितिका सदस्यहरूले दिए राजीनामा

गफसफ.com, 14  मार्च 2021, कालेबुङ ।

गोर्खा जनमुक्ति मोर्चा विमल गुटमा पैह्रो चलेको छ। विधानसभा चुनावको ठिक गोजमुमो विमल गुरुङ गुटका शिर्ष नेता शुभ प्रधान लगायत कालेबुङ जिल्ला समितिका 12 जनाले पार्टीबाट राजीनामा दिएका छन्। गोजमुमो कालेबुङ जिल्ला समिति विमल गुरुङ गुटका महासचिव शुभ प्रधानले आज एक भिडियो सन्देश जारी गरेर पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।



प्रधानले पार्टीबाट राजीनामा दिएको घोषणा गर्न साथै यता पूर्व सभासद एवं जिल्ला समितिका उपाध्यक्ष गोपाल रूचाल लगायत अन्य नेतृत्ववर्गले पनि एक पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन्। यसक्रममा पार्टीबाट राजीनामा दिनेहरूमा गोपाल रूचालसँगै उपाध्यक्ष साङ्गे भोटिया,कार्यलय सचिव प्रेम छेत्री, सह-कार्यालय सचिव ज्ञान बहादुर छेत्री, सह-कोषाध्यक्ष हरी शर्मा, सुकबहादुर राई, डी.बी राई, सन्तोष प्रधान, दिलकुमार राई, रवीण लोहागुण अनि डी.बी तामङ रहेका छन्।


अत्यन्तै भावुक देखिएका शुभप्रधानले आफ्नो भिडियो सन्देशमा पार्टीका अध्यक्ष विमल गुरुङलाई लेखेका राजीनामा पत्र पढेर सुनाएका छन्। “आदर्णीय अध्यक्ष महोदय, 14 वर्ष नङ र मासु भएर सुख भन्दा धेर दुखका दिन बिताएका छौँ हामी साथीहरू। अत्यन्त्यै विनम्रतासित, करवद्ध  माफी चाहँदै म आजदेखि गोर्खा जनमुक्ति मोर्चाबाट अलग भइरहेको छु” शुभ प्रधानले भनेका छन्।



आफ्नो सम्बोधनमा भक्कानिएका शुभ प्रधानले चुनाबपछि पुन: आफुहरूको भेट एउटै पार्टीमा हुनेछ भन्ने कुरा पनि बताएका छन्। तथापि उनले कुन पार्टीमा भेट हुने हो भन्ने कुरा भने स्पष्ट पारेका छैनन्। “म त एक्लै यो पीँडा सहँडैछु तर, तपाईँहरू त एकार्कसँग दुख बाँड्न सक्नुहुन्छ। यै सम्झी म एक्लै यो पीँडा भोगेर मन मनै एक्लै रोइरहेछु। तर, चुनावपछि हाम्रो अर्को घुम्तिमा हाम्रो भेट भइहाल्नेछ। यो पनि आशा छोडेको छुइन। सोँचेको छु र प्रयन्त गरिरहनेछु कि हामी फेरि एउटै दलमा केहि कालपछि हुनेछौँ। तर, त्यहाँसम्मको बाटो एक्लै हिँड्न आजलाई मैले यो वैकल्पिक बाटो नै अप्नाईरहेछु। यो मेरो निर्णय भूल हुनै सक्छ। त्यो सजाय पनि एक्लै भोग्नेछु। हाम्रा सामाजिक, पारिवारिक सम्बन्धलाई म सधँ कायम राख्ने कोशिश गररिरहनेछु” शुभ प्रधानले भनेका छन्।

अर्कोतर्फ शुभप्रधानले राजीनामा दिएको केहि समयपछि पत्रकार सम्मेलन डाकेर कालेबुङ जिल्ला समितिका शिर्ष नेताहरूले पार्टीबाट राजीनामाको घोषणा गरे। “हामीले गोजमुमो पार्टीलाई अहिलेसम्म जिउँदो राख्ने कार्य गरिरहेका थियौँ। धेरै साथीहरू बिस्थापित बन्न परे। साथीहरू बिस्थापित बने पनि हामीले आफ्नो ठाउँमा पार्टीलाई जिउँदो राखेका थियौँ। साथीहरू आज बिस्थापित बाट घर फर्किसकेका छन्। यो अवस्थामा हामी जुन जनभावना लिएर अहिलेसम्म बसेका थियौँ त्यो जनभावना दिनोदिन ओझेल बन्दै गएको देख्यौँ। त्यसैले हामीले पार्टीबाट सामुहिक राजीनामा दिएका हौँ” गोपाल रूचालले भने।

यसक्रममा गोपाल रूचालले भविष्यमा जुन राजनैतिक दलले पहाडको जनताको पक्षमा जसले सम्बोधन गर्छ त्यसै दलमा समावेश बनेर कार्य गर्ने पनि उनले बताएका छन्। “हाम्रो जातिय मुद्दालाई जसले समाधानको पक्षमा कार्य गर्नेछ त्यो राजनैतिक दलसँग भविष्यमा हामी मिलेर कार्य गर्नेछौँ” गोपाल रूचालले भने। यसक्रममा आफुहरूले तत्कालै कुनै पार्टीमा समावेश बन्ने योजना चाहिँ नरहेको बताएका छन्। 


No comments:

Post a Comment

Post Bottom Ad