चुनाव अघि विमल गुरुङलाई ठूलो झट्का : गोजमुमो विमल गुरुङ गुटका शिर्ष नेता शुभ प्रधानले दिए राजीनामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 13, 2021

चुनाव अघि विमल गुरुङलाई ठूलो झट्का : गोजमुमो विमल गुरुङ गुटका शिर्ष नेता शुभ प्रधानले दिए राजीनामा

गफसफ.com, 14  मार्च 2021, कालेबुङ ।

विधानसभा चुनावको ठिक अधि गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुटका शिर्ष नेता शुभ प्रधानले पार्टीबाट राजीनामा दिएका छन्। गोजमुमो कालेबुङ जिल्ला समिति विमल गुरुङ गुटका महासचिव शुभ प्रधानले आज एक भिडियो सन्देश जारी गरेर पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन्।


अत्यन्तै भावुक देखिएका शुभप्रधानले आफ्नो भिडियो सन्देशमा पार्टीका अध्यक्ष विमल गुरुङलाई लेखेका राजीनामा पत्र पढेर सुनाएका छन्। “आदर्णीय अध्यक्ष महोदय, 14 वर्ष नङ र मासु भएर सुख भन्दा धेर दुखका दिन बिताएका छौँ हामी साथीहरू। अत्यन्त्यै विनम्रतासित, करवद्ध  माफी चाहँदै म आजदेखि गोर्खा जनमुक्ति मोर्चाबाट अलग भइरहेको छु” शुभ प्रधानले भनेका छन्।

आफ्नो सम्बोधनमा भक्कानिएका शुभ प्रधानले चुनाबपछि पुन: आफुहरूको भेट एउटै पार्टीमा हुनेछ भन्ने कुरा पनि बताएका छन्। तथापि उनले कुन पार्टीमा भेट हुने हो भन्ने कुरा भने स्पष्ट पारेका छैनन्। “म त एक्लै यो पीँडा सहँडैछु तर, तपाईँहरू त एकार्कसँग दुख बाँड्न सक्नुहुन्छ। यै सम्झी म एक्लै यो पीँडा भोगेर मन मनै एक्लै रोइरहेछु। तर, चुनावपछि हाम्रो अर्को घुम्तिमा हाम्रो भेट भइहाल्नेछ। यो पनि आशा छोडेको छुइन। सोँचेको छु र प्रयन्त गरिरहनेछु कि हामी फेरि एउटै दलमा केहि कालपछि हुनेछौँ। तर, त्यहाँसम्मको बाटो एक्लै हिँड्न आजलाई मैले यो वैकल्पिक बाटो नै अप्नाईरहेछु। यो मेरो निर्णय भूल हुनै सक्छ। त्यो सजाय पनि एक्लै भोग्नेछु। हाम्रा सामाजिक, पारिवारिक सम्बन्धलाई म सधँ कायम राख्ने कोशिश गररिरहनेछु” शुभ प्रधानले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad