पर्मनेन्ट पोलिटिकल सल्युसन भाजपाले होइन तृणमूलले गर्छ भन्ने कुरामा हामी आश्वस्त छौँ - रोशन गिरी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 18, 2021

पर्मनेन्ट पोलिटिकल सल्युसन भाजपाले होइन तृणमूलले गर्छ भन्ने कुरामा हामी आश्वस्त छौँ - रोशन गिरी

गफसफ.com, 18 मार्च 202, कालेबुङ

"आगामी विधानसभा चुनावमा दार्जीलिङ पहाड अनि तराई डुवर्सलाई लिएर  पर्मनेन्ट पोलिटिकल सल्युसन हुनपर्छ भन्ने मुद्दा नै प्रमुख रहनेछ। जुन पर्मनेन्ट पोलिटिकल सल्युसन, गोर्खाल्याण्ड, युनिनियन टेरिटोरी अथवा संविधानको धारा 244(M) अनुसार यहाँको स्थायी समाधान गरिनुपर्छ भन्ने हो' उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा बिमल गुटका महासचिव रोशन गिरीले भनेका हुन्।

 

रोशन गिरी

गोजमुमो बिमल गुट कालेबुङ जिल्ला समितिको पार्टी कार्यलय उद्घाटन गर्न कालेबुङ आइपुगेका रोशन गिरीले चुनावलाई लिएर पार्टीले कार्य गरिरहेको पनि जानकारी गराए। 'पार्टीको उम्मेदवार अध्यक्ष बिमल गुरुङले आगामी 23 मार्चको दिन दार्जीलिङबाट गर्नेछन्। यसबारे हामीले कार्यहरू गरिरहेका छौँ' गिरीले भने।

 

नोभेल्टी परिसर नजिक अवस्थित उक्त पार्टी कार्यलय उद्घाटन पछि रोशन गिरीले पत्रकारहरूलाई सम्बोधन गर्दै केहिदिन अघि पार्टीबाट राजीनामा दिने शुभ प्रधान विरुद्ध गम्भीर आरोप पनि लगाएका छन्।

 

"शुभ प्रधानले पार्टीबाट राजीनामा दिन भन्दा तीन अघि मलाई फोन गरेर भाजपाबाट आफुलाई टिकट दिलाई दिनु भने। त्यसको सट्टामा आफुले पार्टीलाई चुनाव जितेर पैसाको खोला बगाईदिने कुरा गरे। यसैबाट शुभप्रधान कस्ता नेता हुन् भन्ने जनताले थाह पाउँछन्" रोशन गिरीले भने।

 

यसक्रममा गिरीले यसपल्ट गोजमुमो बिमल गुट भाजपासँग पटक्क नमिल्ने दाबी गर्दै बारम्बार भाजपाले गोर्खाहरूलाई ढाँट्ने कार्य गरेको कारण भाजपासँग नमिल्ने स्पष्ट पारे। "भाजपाले गोर्खाहरूलाई 2009 देखि 2020 सम्म केवल ढाँट्ने कार्य मात्रै गर्‍यो। सोहिकारण हामीले नयाँ रणनीति अप्नाएर राजनीति गरेका हौँ" रोशन गिरीले भने।

 

यसक्रममा गिरीले जनता सचेत हुने आह्वान गर्दै गोर्खाहरूलाई भाजपाले ढाँट्को राजनीतिसँगै एनआरसी लगाएर आफ्नो किपटबाट उच्छेद गर्ने प्रयास गरिरहेको पनि आरोप लगाएका छन्। "भाजपाले 2009 देखि हाम्रो सहयोगमा 2019 सम्म चुनाव जित्यो तर, पर्मनेन्ट पोलिटिकल सल्युसन, छुट्टै राज्य गोर्खाल्याण्ड, एघात जात गोष्टिलाई जनजातिको मान्यता प्रदान गर्नलाई एउटै काम गरेन। यसैकारण हामी चुनवमा भाजपालाई भोट हाल्न नहुने जनतालाई आह्वान गर्नेछौँ" रोशन गिरीले भने। यसक्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी आफैले गोर्खाहरूको समस्या समाधान गर्ने विषयमा जनसभाबाटै घोषणा गरे पनि त्यसलाई पूरा नगरेको कारण जनताले भाजपालाई विश्वास गर्न नहुने बताए।

 

"भाजपाले बिस्तारवादी राजनीति मात्र गर्छ। उनीहरूले गोर्खाहरूको समस्याको निम्ति केही काम भने गर्दैन" रोशन गिरीले भने। उनले पत्रकारहरूलाई प्रश्नको जवाब दिनेक्रममा भाजपाले पर्मनेन्ट पोइटिकल सल्युसन नगर्ने दाबी गर्दै पर्मनेन्ट पोलिटिकल सल्युसन राज्यको सहभागीतामा मात्रै सम्भव भएको कारण आफूहरूले राज्य सरकारसँग मिलेको पनि स्पष्टीकरण दिए।

 

"मुख्यमन्त्री ममता ब्यानर्जीले पर्मनेन्ट पोलिटिकल सल्युसन गर्छु भनिसकेकी छन्। यता तृणमूल कङ्ग्रेसले जारी गरेको चुनावी घोषणा पत्रमा पनि पीपीएस लेखेको छ। यसकारण हामी तृणमूल कङ्ग्रेससँग आश्वस्त छौँ" रोशन गिरीले भने।

No comments:

Post a Comment

Post Bottom Ad