गोर्खा जनमुक्ति मोर्चा बिनय गुटले गर्‍यो प्रार्थीहरूको घोषणा : बिनय तामङले भने –“हामी बैशाखीमा उभिँदैनौँ” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 21, 2021

गोर्खा जनमुक्ति मोर्चा बिनय गुटले गर्‍यो प्रार्थीहरूको घोषणा : बिनय तामङले भने –“हामी बैशाखीमा उभिँदैनौँ”

 गफसफ.com, 21  मार्च 202, मङ्पू

“मैले भनेको थिए पहाडमा तीनवटा गीत बज्दैछ हिन्दी, बंगाली अनि नेपाली। यो पालीको चुनावमा हामी आफ्नै नेपाली गीतमा नाच्छौ। अर्काको बैशाखीमा धेरै हिड्यौं। अब हामी आफ्नो खुट्टामा हिड्छौ। मैदानमा हामी आफ्नै बल बुतामा हिड्छौ। हामी कसैको सहारामा हिँड्दैनौं। त्यसैले हाम्रो घर आफ्नै भर” उक्त कुरा गोजमुमो बिनय गुटका अध्यक्ष बिनय तामङले मङ्पू जनमैदानबाट भनेका हुन्।



आगामी 17 अप्रेलका दिन सम्पन्न हुने विधानसभा चुनावलाई लिएर गोजमुमो बिनय गुटले पहाडको तीनवटैअ आसनबाट प्रार्थीहरूको घोषणा गरेको छ। जसमा कालेबुङ आसनबाट रूदेन सादा लेप्चा, दार्जीलिङ आसनबाट केशव राज पोख्रेल अनि खर्साङ आसनबाट छिरिङ दाहाललाई पार्टीले चुनावी मैदानमा उतारेको छ। पार्टी अध्यक्ष बिनय तामङले उक्त तीनै जना प्रार्थीहरूको नाम घोषणा गरेका हुन्।


“इष्ट मित्रले आफ्नो धर्म निभाउँछ भने ठीकै छ, आँखा झिमक्याएर अर्को पटि लागे पनि हामीलाई भन्नु केही छैन। हामी महाकाल बाबाको झुटो कसम खादैनौं। पहाडलाई  त्यति तुच्छ नबनाउनु। हामी जमीनी हकिकत हेरेर नै काम गर्छौ” बिनय तामङले भने। यसका साथै बितेको उप चुनावमा आफु पराजित भएपनि जनताको हितमा आफुहरूको जित्नेहरूको तुलनामा हार्नेहरूले धेरै काम गरेको पनि तामङले दाबी गरे।



“यो विधान सभाको चुनाव हो। राज्य सरकारले के दिनु सक्छ त्यो मात्र हामीले हाम्रो घोषणा पत्रमा हालेका छौ। जुन दोकानमा जे पाउँछ त्यही माग्नु पर्छ। हामीले केन्द्र सरकारलाई चारवटा मुद्दाहरू दिएका छौँ। यसबारे केन्द्र सरकारले कार्य गर्नुपर्नेछ” तामङले सम्बोधनको क्रममा भने। यस अवसरमा उनले आगामी चुनावमा पहाडको तीनवटै आसनबाट आफुहरूको जीत निश्चित रहेको दाबी गरेका छन्।


उनले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पनि पार्टीको प्रार्थीलाई बिजयी बनाउन बुथ स्तरदेखि कार्य गर्नुपर्ने सुझाव दिएका छन्। यसका साथै आफु पनि प्रार्थीहरूको चुनाव प्रचारमा जोडतोडले लाग्ने बताउँदै आगामी 24 मार्चका दिन सबै प्रार्थीहरूले नामङ्कन दर्ता गर्ने पनि जानकारी दिएका छन्।

 

पहाड गोर्खाहरूको किपट हो, हामीले हाम्रो किपट सुरक्षित राख्नुपर्छ – अनित थापा

मङ्पू खेल मैदानमा प्रार्थीहरूको घोषणा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गोजमुमो बिनय गुटका महासचिव अनित थापाले पहाड गोर्खाहरूको किपट हो भन्दै यो किपटलाई गोर्खाहरूले नै सुरक्षित राख्नुपर्ने बताएका छन्। “हाम्रो प्रयास भनेको पहाडलाई सही मार्गदर्शन गर्नु हो। हामीले बाहिरको मानिसलाई धेरै पल्ट माथि पुर्‍यायौँ अब हामीले हाम्रो ठाउँ सुरक्षित राख्ने कार्य गर्नुपर्छ” अनित थापाले भने।  



“यो पालीको चुनाव पहाडको निम्ति ठूलो चुनौती हो। जलाउने की बनाउनेलाई हो? कसैलाई ठूलो बनाउनेलाई  हो कि आफ्नैलाई अघि लैजाने? अनित थापाले जनतालाई प्रश्न गर्दै यसपाली चुनाव पहाडको भविष्य निर्णय गर्ने चुनाव रहेको हो भने। “जनताको निम्ति सामु आउने की भाग्ने नेतालाई समर्थन गर्ने हो? राम्रो काम गर्नु गार्हो छ तर गाह्रो काम गर्नु छोडनु हुँदैन। हामीले गाह्रो काम गर्ने जोश कम्ती भएको छैन। जब सम्म हामीले हाम्रो घर आफै बनाउने प्रयास गर्दैनौ तब सम्म हामी अर्काकै आशमा जिउने हुन्छौं” थापाले भने।

वितेको आन्दोलनले पहाडमा अशान्ति सिर्जना गरेकै कारण आफुहरू पहाड र पहाडवासीको पक्षमा अघि निस्केको पनि थापाले बताए। “कुनै पनि आन्दोलनमा हामीले जनतालाई कहिले पनि छोडेनौं। विनय तामाङ ज्यूले जुन निर्णय लिनु भयो त्यही निर्णय को कारण आज पहाड ठीक दिशामा हिँडेको छ। नत्र भने गोर्खाको किपटमा धेरै रगतको खोला बग्ने थियो” अनित थापाले भने।

“यो पहाड गोर्खाको माटो हो। यो माटोलाई अब लिलामी गर्नु दिदिन। यो गोर्खाको माटोमा मलाई शिक्षित बनाउनु छ , रोजगारको खोला बगाउनु पर्छ, कृषिलाई प्रोत्साहन गर्नु छ। यो माटोमा विश्व विद्यालय बनाउनु छ, यहाँको माटोको मालिकना हक दिलाउनु छ। गोर्खाको माटोमा बस्ने मानिसहरू को  पर्जापट्टा  छैन। कमानवासीले यसपाली भावनामा आएर होइन तर यथार्थमा आएर भोट दिनुहोस” अनित थापाले जनतालाई अपिल गर्दै भने।

 

 

No comments:

Post a Comment

Post Bottom Ad