धार्मिक अनुष्ठानमा सहभागी बन्न दार्जीलिङबाट कालेबुङ आइपुगे अनित थापा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 17, 2021

धार्मिक अनुष्ठानमा सहभागी बन्न दार्जीलिङबाट कालेबुङ आइपुगे अनित थापा

गफसफ.com, 17  मार्च 2021, कालेबुङ ।

जीटीए अध्यक्ष एवं गोजमुमो विनय गुटका महासचिव अनित थापामा चुनावको मुखैमा ईश्वरको भक्ति गर्दै जनताको मन रूझाउन कालेबुङमा आइपुगे। उनी आज अचानक कालेबुङ आइपुगेका हुन्। कालेबुङ शहरदेखि सुदुर क्षेत्र लिङसेखामा आयोजित महापुराणमा भाग लिनका निम्ति अनित थापा दार्जीलिङबाट कालेबुङ आइपुगेका हुन्।



कालेबुङ खण्ड दुई अन्तर्गत लिङ्सेखामा नारी समाजको आयोजनामा 9 दिवसिय शिव महापुराण सम्पन्न भइरहेको छ। तुङ्गेश्वर शिवालय लिङ्सेखा आयोजित उक्त महापुराणमा सहभागी बनेर अनित थापाले भगवान शिवको पूजा अर्चना गरे। यसक्रममा उनले ‘धार्मिक अनुष्ठानहरूले मानिसमा सकारात्मक सोँच पैदा गर्छ’ भने।

विधानसभा चुनावको मुखैमा कालेबुङ आइपुगेका अनित थापाले धार्मिक अनुष्ठानमा भाग लिएर आगामी चुनावमा आफ्नो दलले उठाएको प्रार्थीले बिजय हासिल गरून् भनि कामना गरेका छन्। उनको यात्रा धार्मिक रहेको भए तापनि यात्राको उद्देश्य भने चुनावी नै रहेको थियो।

भारतीय जनता पार्टीले चुनावमा धार्मिक नाराहरू लगाउँदै जनतालाई आकर्षित गर्ने चुनावी खेल खेल्ने गरेको समयमा कालेबुङका धर्मप्रेमी जनताहरूलाई जीटीए अध्यक्ष एवं गोजमुमो विनय गुटका अनित थापाले चुनावी खेल खेलेका छन्। विशेष गरेर अनित थापाले आज भ्रमण गरेको क्षेत्रमा राष्ट्रिय स्वंयसेवी संघसँग सम्बन्धित मानिसहरू सक्रिय छन्। त्यस्तो अवस्थामा धार्मिक अनुष्ठानमा सहभागी बनेर थापाले सम्भावित भाजपालाई जाने भोट रोक्ने कुटनैतिक चाल चलेका हुन्।

No comments:

Post a Comment

Post Bottom Ad