भाजपाले नारी उत्थानको कुरा भाषणमा मात्र सिमित राखेको छ – हिल तृणमूल कङ्ग्रेस - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 1, 2021

भाजपाले नारी उत्थानको कुरा भाषणमा मात्र सिमित राखेको छ – हिल तृणमूल कङ्ग्रेस

गफसफ.com, 01  मार्च 2021, कालेबुङ ।

विधानसभा चुनावको घोषणा हुनसाथै तृणमूल कङ्ग्रेस भारतीय जनता पार्टीप्रति आक्रमक बनेको छ। कालेबुङ जिल्ला हिल तृणमूल कङ्ग्रेसको पार्टी कार्यलयमा आज एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता शिखा राईले भारतीय जनता पार्टीको आलोचना गर्दै तृणमूल कङ्ग्रेस पार्टीले धेरै जनमुखी कार्यहरू गर्न सकेको दाबी गरेकी छन्। तृणमूल कङ्ग्रेस पार्टीले राज्यमा नारी शसक्तिकरणको निम्ति तृणमूल सरकारले महत्वपूर्ण कार्य गर्न सकेको दाबी गर्दै यी सम्पूर्ण कार्यहरू मुख्यमन्त्री ममता ब्यानर्जीको कारणले नै सम्भव हुन सकेको दाबी गरिन्।


राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सुरु गरेको कन्याश्री, रूपश्री, स्वास्थ्य साथी जस्ता योजनाहरूले राज्यका मानिसहरू धेरै लाभान्वित बन्न सकेको दाबी गर्दै यी योजनाहरूले राज्यमा नारी उत्थानको कार्य भएको दाबी गरिन्। उनले सरकारी योजनाहरूले राज्यका बासिन्दाहरूले पाइरहेको सुविधाहरूको उल्लेख गर्दै यता भारतीय जनता पार्टीले भने नारी उत्थानको फोस्रो भाषण मात्र दिने कार्य गरेको आरोप लगाइन्।

No comments:

Post a Comment

Post Bottom Ad