विधानसभा चुनाव 2021 : कालेबुङमा केन्द्रिय सुरक्षा बलले सुरु गर्‍यो रुट मार्च - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 1, 2021

विधानसभा चुनाव 2021 : कालेबुङमा केन्द्रिय सुरक्षा बलले सुरु गर्‍यो रुट मार्च

गफसफ.com, 01  मार्च 2021, कालेबुङ ।

पश्चिम बङ्गाल विधानसभा चुनावलाई लिएर केन्द्रिय सुरक्षा बल पहाड भित्रिने क्रम सुरु भएको छ। दार्जीलिङ-कालेबुङ जिल्लामा आगामी 17 अप्रेलका दिन हुने विधानसभा चुनावलाई लिएर कालेबुङ जिल्लामा एक कम्पनी केन्द्रिय अर्द्धसैनिक बल आइपुगेको छ। कालेबुङ आइपुग्न साथै उक्त केन्द्रिय सुरक्षा बलले गस्ती लगाउने कार्य पनि थालनी गरेको छ।


चुनावलाई शान्तिपूर्वक सम्पन्न गराउनका निम्ति चुनाव आयोगले केन्द्रिय सुरक्षा बल तैनाथ गर्ने कार्य सुरु गरेको हो। यसक्रममा एस.एस.बी.-को ब्राभो कम्पनीका जवानहरू कालेबुङमा आइसकेका छन् भने उक्त सुरक्षा बलले आज कालेबुङको विभिन्न ठाउँहरूमा रूट मार्च पनि गरेको थियो। कालेबुङ भित्रिएका एक कम्पनी केन्द्रिय सुरक्षा वाहिनीले चुनावको समय शान्ति बनाएर राख्न आफ्नो रुट मार्च अभियान सुरु गरिसकेको छ भने चाँढै थप केन्द्रिय बाहिनीको अन्य कम्पनी दल थप कालेबुङ आइपुग्ने पुलिस सुत्र मार्फत जानकारी प्राप्त भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad