फराकिलो सडक निर्माणले गाउँवासी हर्षित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 1, 2021

फराकिलो सडक निर्माणले गाउँवासी हर्षित

गफसफ.com, 01  मार्च 2021, कालेबुङ ।

कालेबुङ शहरदेखि नजिकै अवस्थित पोस्योर बस्तीमा समाजसेवी अनुप छेत्रीले समाज सेवाको कार्य गर्दै गाडी गुड्ने कच्चा सडक निर्माण गरिदिएका छन्। जसको कारण गाउँका मानिसहरूले सामाजिक कार्यकर्ता अनुप छेत्रीलाई एक कार्यक्रम आयोजना गरेर आभार प्रकट गरेका छन्।


कालेबुङ जिल्लाको टाँसिडिङ समष्टि अन्तर्गत लाइन गाउँ अनि पोस्योर बस्ती पुग्ने ढेड किलोमिटरको सडक सामाजिक कार्यकर्ता एवम् गोजमुमो विनय गुटका समष्टि सभापति अनुप छेत्रीले व्यक्तिगत खर्चमा निर्माण गरेका हुन्। उक्त गाउँका मानिसहरूले फराकिलो सडको अभावले गर्दा धेरै वर्षदेखि नै समस्या भोग्दै आइरहेका थिए। उक्त ग्रामवासीको समस्यालाई मध्यनजर राखेर गोजमुमो विनय गुटका समष्टि सभापति अनुप छेत्रीले व्यक्तिगत कोषबाट महिनादिन अघि गाउँमा पुग्ने कच्चा सडक जेसीभी मसिन लगाएर निर्माण गरेका हुन्। उक्त बाटो निर्माण भएपछि गाउँलेहरूले एक कार्यक्रम आयोजना गरेर छेत्रीलाई आभार प्रकट गरेका छन्।

यस अवसरमा अनुप छेत्रीले गाउँवासीको दीर्घकालिन समस्या समाधानको निम्ति आफुले सामाजिक जिम्मेवारीलाई वहन गर्दै सेवा गर्ने अवसर प्राप्त गरेको बताउँदै आगामी दिनहरूमा पनि सामाजिक कार्यमा आफु अग्रसर बनेर कार्य गरिरहने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad