गोरामुमोलाई रूचेन भाजपाको प्रार्थी: पार्टी अध्यक्ष मन घिसिङले गरे विरोध - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 22, 2021

गोरामुमोलाई रूचेन भाजपाको प्रार्थी: पार्टी अध्यक्ष मन घिसिङले गरे विरोध

गफसफ.com, 23  मार्च 202, कालेबुङ

भारतीय जनता पार्टीले पहाडको तीनवटा आसनको निम्ति घोषणा गरेको प्रार्थी सम्बन्धी गोर्खा रष्ट्रिय मुक्ति मोर्चाले विरोध जनाएको छ। गोरामुमो पार्टी अध्यक्ष मन घिसिङले एक प्रेस बिज्ञप्ती जारी गरेको भाजपाले दिएको प्रार्थीहरू सम्बन्धमा विरोध गरेको हो।



“म गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको हैसियतले आधिकारिक बिज्ञप्ति जारी गर्दछु । भारतीय जनता पार्टी संग सम्पर्क यथावत राख्दै भर्खरै मात्र भारतीय जनता पार्टीले बिधान सभा चुनावको निम्ति घोषणा गरिएको दार्जिलिङ, खर्साङ अनि कालेबुङको निम्ति जारी गरेको बिधान सभा क्षेत्रको प्रार्थीको निम्ति असन्तुष्ट व्यक्त गर्दै बिरोध गर्दछौं” मन घिसिङले भनेका छन्।

उनले पार्टीको पक्षबाट विरोध गर्नका साथै आगमी दिनमा केन्द्रिय समितिको वैठक बसेर चाँडै निर्णय लिने पनि स्पष्ट पारेका छन्। “आउदो दिनको रणनीतिको निम्ति चाडैंनै केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्नेछौं” मन घिसिङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad