भाजपाले घोषणा गर्‍यो आफ्नो प्रार्थी : गोरामुमो र क्रामाकपा बन्यो हिस्रिक्कै - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 22, 2021

भाजपाले घोषणा गर्‍यो आफ्नो प्रार्थी : गोरामुमो र क्रामाकपा बन्यो हिस्रिक्कै

 गफसफ.com, 23  मार्च 202, कालेबुङ

भरतीय जनता पार्टीले दार्जीलिङ, कालेबुङ अनि खर्साङ विधानसभा आसनबाट प्रार्थीहरूको नाम घोषणा गरेको छ। कालेबुङ विधानसभा आसनबाट शुभ प्रधान दार्जीलिङ आसनबाट निरज जिम्बा, अनि खर्साङ विधानसभा आसनबाट बी.पी बजगाईलाई भाजपाले चुनावी मैदानमा उतारेको छ।


दीर्घदिन देखि भाजपाले दार्जीलिङ पहाडको तीनवटा आसनबाट प्रार्थीहरू कसलाई बनाउने हुन् भन्ने प्रश्न उब्जिरहेको अवस्थामा आज तीनजनाको नाउँ घोषणा सँगै पहाडमा चुनावी खेल निक्कै चासो बन्दै गइरहेको छ। विशेष गरेर दार्जीलिङ विधानसभा आसनबाट चुनावी मैदानमा गोरामुमो पार्टीबाट अजय एडवर्ड चुनावी मैदानमा ओर्लिने सम्भावना रहेतापनि भाजपाले अजय एडवर्डलाई टिकट दिनको साटो उल्टै निरज जिम्बालाई नै चुनावी मैदानमा उतारेको छ।

यता कालेबुङ विधानसभा आसनबाट भने केहि समय अघिमात्रै गोजमुमो विमल गुरुङ गुटबाट राजीनामा दिएका नेता शुभ प्रधान अनि गोजमुमो विमल गुटबाटै राजीनामा दिएर भाजपामा सामेल बनेका बीपी बजगाईलाई खर्साङ विधानसभा आसनबाट भाजपाले टिकट दिएको छ।


क्षेत्रिय राजनीतिलाई जिउँदो राख्नुपर्ने अडानमा उभिएको गोरामुमो र क्रामकपा पार्टीलाई भाजपाले हिस्रिक्कै पारेको छ। गोरामुमोबाट अघिबाटै भाजपाको सदस्यता लिएर उपचुनाव जितेर बिधायक बनेका निरज जिम्बालाई यसपल्ट भाजपाले टिकट दिएपछि गोरामुमो पार्टीमा कडा पकड बनाउने अजय एडवर्ड हिस्रिक्कै बनेका छन्। यता क्रामाकपाले पनि क्षेत्रिय राजनैतिक दललाई जिउँदो राख्नुपर्ने अडान राख्नुपर्ने भन्दै आएको अवस्थामा भाजपाले क्रामाकपालाई पनि वास्तै नराखी तीनवटै आसनबाट भाजपाले टिकट दिएपछि क्रामाकपा पनि हिस्रिक्कै परेको छ।

No comments:

Post a Comment

Post Bottom Ad