कालेबुङमा गोजमुमो विमल गुटका कार्यकर्तामाथि आक्रमण : आरोपीहरू लापत्त - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 15, 2021

कालेबुङमा गोजमुमो विमल गुटका कार्यकर्तामाथि आक्रमण : आरोपीहरू लापत्त

गफसफ.com, 15  मार्च 2021, कालेबुङ ।

कालेबुङ शहर नजिकै ठाकुरबाडी निवासी बीरेन्द्र लामामाथि प्राणघातक हमला भएको छ। घट्ना आइतबार रातीको समय भएको हो। यस घट्नाबारेमा घाइते बनेका बीरेन्द्र लामाले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेर दोषीहरूलाई झट्ट पक्राऊ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गरेका छन्। 



गोर्खा जनमुक्ति मोर्चा विमल गुटका कार्यकर्ता मानिने बीरेन्द्र लामालाई गोजमुमो विनय गुटका युवाहरूले प्राणघातक आक्रमण गरेर घाइते बनाएको आरोप लागेको छ। घट्नालाई लिएर उनले स्न्तोष भुजेल, जगनाथ भुजेल, अमरूल, सुरज राई अनि उनका अन्य साथीहरूको नाउँमा प्राथमिकी दर्ता गरेको छ। घट्नापछि घाइते बीरेन्द्र लामालाई कालेबुङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ भने उनको शीरमा चोट लागेको छ।

घाइते बीरेन्द्र लामाले आफुलाई उक्त युवाहरूले ‘गन पोइन्ट’-मा राखेर ज्यान लिनका निम्ति प्राणघातक आक्रमण गरेको कुरा प्राथमिकीमा लेखेका छन्। यता उक्त घट्नापछि आरोपीहरू फरार रहेका छन् भने पुलिसले खोजी अभियान जारी राखेको छ। आरोपी युवकहरूले शीरमा आक्रमण गरेपछि आफु वेहोश रहेको भन्दै लामाले आरोपीहरू एउटा थार वाहनमा आएको समेत प्राथमिकी उल्लेख गरेका छन्। जसको कारण आज कालेबुङ पुलिसले उक्त थार वाहन डब्ल्यु बी- 79 – 8689 लाई आफ्नो अधिनमा लिने कार्य गरेको छ।

उक्त घट्नापछी यता गोर्खा जनमुक्ति मोर्चा विमल गुटले कालेबुङ शहरमा पोस्टरिङ गरेको छ। “नयाँ सोँच र नयाँ विचारको गुण्डाराज र पहाडमा अशान्ति सिर्जना गर्ने सोँच र मानसिकताको विरोध गर्दछौँ” भन्दै गोजमुमो विमल गुटले पोस्टरमा लेखेको छ। यसका साथै आरोपी युवाहरूलाई पुलिसले झट्ट पक्राऊ गर्नुपर्ने माग पनि विमल गुटले गरेको छ। यसक्रममा पत्रकारहरूसँग बोल्दै गोजमुमो विमल गुटका तोप्देन भोटियाले गोजमुमो विनय गुटले पहाडमा अशान्ती फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै प्रशासनले यस्ता आरोपीहरूलाई झट्ट पक्राऊ गर्नुपर्ने माग गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad