क्रामाकपाले भोलि विधानसभा चुनावबारे अन्तिम निर्णय लिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 21, 2021

क्रामाकपाले भोलि विधानसभा चुनावबारे अन्तिम निर्णय लिने

गफसफ.com, 21  मार्च 202, कालेबुङ

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) ले विधानसभा चुनावलाई लिएर भोलि मङ्गलबार दार्जीलिङबाट घोषणा गर्ने भएको छ। क्रामाकपा केन्द्रिय समितिको वैठक बसेर चुनावबारे अन्तिम निर्णय लिइने क्रामाकपा पार्‍टी सुत्रले जानकारी दिएका छन्।  



“हामीले विधानसभा चुनावमा पहाडको तीनवटा आसनबाट गठबन्धमा रहेका सबै पार्टीहरूको सहमतीमा साझा प्रार्थी खडा गर्नुपर्ने स्पष्ट अडान राखेका छौँ। यदि भाजपाले त्यसबारे सही विचार गरेर साझा प्रार्थीबारे निर्णय लिँदैन भने क्रामाकपाले तीनवटै आसनमा आफ्नै प्रार्थी खडा गर्नेछ” पार्टी सुत्रले भने ।

No comments:

Post a Comment

Post Bottom Ad