क्रामाकपाले पहाडको तीनवटै आसनबाट चुनाव लड्ने सम्भावना : सुरु गर्‍यो चुनावी कसरत - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 2, 2021

क्रामाकपाले पहाडको तीनवटै आसनबाट चुनाव लड्ने सम्भावना : सुरु गर्‍यो चुनावी कसरत

गफसफ.com, 02  मार्च 2021, कालेबुङ ।

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-ले पहाडको तीनवटै आसनबाट चुनाव लड्ने विषयमा चुनावी कसरत सुरु गरेको छ। क्रामाकपा केन्द्रिय चुनाव कमिटिका संयोजक अरुण घतानीले दिएको जानकारी अनुसार पार्टीले आगामी 17 अप्रेलका दिन दार्जीलिङ-कालेबुङ जिल्लामा सम्पन्न हुने बङ्गाल विधानसभा चुनावलाई लिएर पार्टीले तयारी सुरु गरेको हो।


वितेको लोकसभा चुनावमा क्रामाकपाले भारतीय जनता पार्टीसँग गठबन्ध गरेर भाजपा प्रार्थीलाई समर्थन गरेपनि यसपल्ट हुने बङ्गाल विधानसभा चुनावमा दार्जीलिङ, खर्साङ अनि कालेबुङ विधानसभाको तीनवटा आसनबाट भने आफ्नै प्रार्थी खडा गर्ने योजनाको साथ पार्टीले चुनावी कार्य आरम्भ गरेको अरुण घतानीले बताएका छन्।

“अहिलेसम्म क्रामाकपाले दार्जीलिङ, कालेबुङ अनि खर्साङ विधानसभा आसनबाट आफ्नै प्रार्थी खडा गर्ने योजनाको साथमा चुनावी कसरत गरिरहेको छ। बितेको विधानसभा चुनावमा पनि क्रामाकपाले चुनावना भाग लिएको थियो भने यसपल्ट पनि हामी चुनावमा सहभागी बन्ने विषयमा अहिलेसम्म स्पष्ट छौँ” – अरुण घतानीले भने। यसक्रममा उनले क्षेत्रिय राजनैतिक दलहरूसँग पनि पार्टीले चुनावलाई लिएर विमर्श गरिरहेको जानकारी दिएका छन्।

“हाम्रो विचार मिल्ने र मुद्दाको निम्ति एक हुन सक्ने राजनैतिक दलहरूसँग चुनावलाई लिएर चर्चा सुरु गरेका छौँ। क्रामाकपा पार्टीले मुद्दाको निम्ति एक हुनसक्ने पार्टीहरूसँग जहिले पनि मिलेर नै कार्य गर्ने गरेको छ। यसपल्ट पनि हामी एकवद्ध बनेर नै अघि बड्ने कार्यमा छौँ। यदि विचार मिल्दैन र सहमति बन्न सक्दैन भने क्रामाकपा एक्लै चुनावी मैदानमा उठ्नेछ’ केन्द्रिय चुनाव संयोजक अरुण घतानीले भने।

उनले विधानसभा चुनावलाई लिएर जातिय हितमा रहेको मुद्दाहरूबारे अन्य राजनैतिक पार्टीहरूसँग कुराकानी गरिरहेको अनि सकेसम्म सबैसँग सहमती बनाउने प्रयास चलिरहेको पनि जानकारी दिएका छन्। यसक्रममा वितेको लोकसभा चुनावमा क्रामाकपाले भाजपालाई समर्थन गर्ने कार्य गरेको अनि विधानसभा चुनावमा पनि भाजपासँग एकचोटी चर्चा गर्ने अनि सहमती नबनिएको खण्डमा क्रामाकपाले चुनाव लड्ने स्पष्ट पारेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad