गोरामुमो दिल्ली युनिटसँग सांसद राजु बिष्टको बैठक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 2, 2021

गोरामुमो दिल्ली युनिटसँग सांसद राजु बिष्टको बैठक

गफसफ.com, 02  मार्च 2021, कालेबुङ ।

भाजपा सांसद राजु विष्टसँग गोरामुमो दिल्ली शाखाका प्रतिनिधी टोलिले भेटघाट गरेर वैठक गरेको छ। उक्त वैठक सोम्बार भएको हो। गोरामुमो दिल्ली युनिटका अध्यक्ष रुद्र गुरूङ, उपाध्यक्ष द्वारिका शाहको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले सांसद विष्टसँग बङ्गाल विधानसभा चुनावबारे चर्चा गरेको थियो। यसका साथै दिल्लीमा बसोवास गर्दै आएका गोर्खाहरूले भोग्न परिरहेका समस्याहरूबारे पनि सांसद विष्टसँग परिचर्चा गरिएको थियो।


भेटघाटको क्रममा सांसद विष्टले गोर्खाहरूको समस्याप्रति आफु अवगत रहेको बताउँदै सम्पूर्ण समस्याहरूको समाधानको निम्ति आफू कार्यरत रहेको प्रतिनिधी टोलिलाई अवगत गराएको अध्यक्ष रुद्र गुरुङले जानकारी दिएका छन्।


No comments:

Post a Comment

Post Bottom Ad