गोजमुमो विमल गुटका कार्यकारी अध्यक्ष डा. लोब्साङ लामा नाबालिक उत्पीडनको आरोपमा सिक्किम पुलिसद्वारा पक्राऊ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 3, 2021

गोजमुमो विमल गुटका कार्यकारी अध्यक्ष डा. लोब्साङ लामा नाबालिक उत्पीडनको आरोपमा सिक्किम पुलिसद्वारा पक्राऊ

गफसफ.com, 03  मार्च 2021, नाम्ची -सिक्किम ।

गोर्खा जनमुक्ति मोर्चा (बिमल गुट)-का कार्यकारी अध्यक्ष डा. लोप्साङ लामालाई दक्षिण सिक्किमको नाम्चीबाट पुलिसले पक्राऊ गरेको छ। उनलाई सिक्किम पुलिसले पोक्सो (प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स - POCSO) कानून अन्तर्गत पक्राऊ गरेको हो।

डा. लोब्साङ लामा

नाबालिक महिला उत्पीडन गरेको आरोपमा पीडिताले पुलिसमा मामिला दर्ता गरेपछि नै लोब्साङ लामालाई पुलिसले पक्राऊ गरेको जानकारी प्राप्त भएको छ। यसबारे पुलिसले लामालाई पक्राऊ गरेर घट्नाको जाँच सुरु गरेको छ।

डा. लोब्साङ लामा हाल गोर्खा जनमुक्ति मोर्चा विमल गुटका कार्यकारी अध्यक्ष हुन्। आगामी 17 अप्रेलका दिन सम्पन्न हुने विधानसभा चुनावमा कालेबुङ विधानसभा क्षेत्रबाट विमल गुटबाट सम्भावित प्रार्थीको रूपमा लोब्साङ लामाको नाउँ आइरहेको छ। यस्तो अवस्थामा डा. लामालाई नाबालिक उत्पीडनको आरोपमा पुलिसले पक्राऊ गरेको घट्नाले गोजमुमो विमल गुटलाई नै राजनैतिक रूपले गतिलो झट्का लागेको छ।

No comments:

Post a Comment

Post Bottom Ad