शुभ प्रधानलाई टिकट दिएपछी कालेबुङमा भाजपा कार्यकर्ताहरूले मच्चाए रडाको - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 23, 2021

शुभ प्रधानलाई टिकट दिएपछी कालेबुङमा भाजपा कार्यकर्ताहरूले मच्चाए रडाको

गफसफ.com, 23  मार्च 202, कालेबुङ

भारतीय जनता पार्टीले कालेबुङ विधानसभा आसनबाट चुनावी मैदानमा टिकट दिएर उतारेका प्रार्थी शुभ प्रधानको विरोध भएको छ। भाजपा कालेबुङ जिल्ला समितिका कार्यकर्ताहरूले केहि समय अघि मात्रै गोजमुमो विमल गुरुङ गुटबाट राजीनामा दिएर भाजपा प्रवेश बनेका शुभ प्रधानलाई भाजपाले टिकट दिएपछी युवा कार्यकर्ताहरूले जोडदार विरोध जनाएका छन्। पार्टीका युवा कार्यकर्ताहरूले प्रार्थी शुभ प्रधानको उम्मेद्वारितामा घोर विरोध रहेको भन्दै पार्टी कार्यलयमा जोडदार विरोध प्रदर्शन गरे।



यसक्रममा युवा कार्यकर्ताहरूले आफ्नो असन्तुष्टि जाहेर गर्दै मौकावादीहरूले भारतीय जनता पार्टीमा समेल भएर विधायकको तिकट हात पारेको भन्दै पार्टीले झट्टै प्रार्थी अघिबाटै भाजपामा खट्नेलाई बनाउनुपर्ने माग गरेको छ। युवा कार्यकर्ताहरूले भाजपालाई कालेबुङमा दह्रिलो बनाउन जोडदार कार्य गरे पनि अन्तमा पार्टी हाई कमाण्डले भने मौकावादीहरूलाई टिकट दिएर न्याय नगरेको पनि आरोप लगाएको छ। उनीहरूले पार्टीले झट्टै कालेबुङ विधानसभा आसनबाट प्रार्थी अन्यलाई बनाउनुपर्ने भन्दै कार्यलयमा धर्ना प्रदर्शन गरे।

यता उक्त घट्नापछी भाजपा जिल्ला कमिटिका उपाध्यक्ष एवम् विधानसभा चुनाव संयोजक कमल कटुवालले टिकटलाई लिएर पार्टीभित्र सिर्जना भएको असन्तुष्टिलाई साम्य बनाउने जानकारी दिए। उनले युवा कार्यकर्ताहरू भाजपाको बलियो खम्बाहरू हुन् भन्दै भविष्यमा उनीहरूले भाजपालाई नै सहयोग गर्ने कुरामा आफुहरू निश्चित रहेको पनि कमल कटुवालले बताएका छन्।

टिकट वितरणपछी युवा कार्यकर्ताहरूमा असन्तुष्टि निस्कनु स्वाभाविक रहेको भन्दै युवाहरूको आक्रोशलाई बुझाउने कार्य गरेको भन्दै उनीहरूलाई सबैकुरा बुझाएर पार्टीको कार्यमा संलग्न गराउने पनि कटुवालले बताएका छन्। उनले पार्टीले भविष्यमा प्रार्थी परिवर्तन गर्ने कुरा सम्भव नरहेको भन्दै पार्टीले टिकट दिएको प्रार्थीलाई बिजय बनाउने कार्यमा लागिपर्ने उनले बताए। यसक्रममा उनले आगामी चुनावमा भाजपाले जित हासिल गर्ने कुरामा निश्चित रहेको कटुवालले दाबी गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad