क्रामाकपाले पनि पहाडको तीनैवटा आसनबाट चुनाव लड्ने गर्‍य़ो घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 23, 2021

क्रामाकपाले पनि पहाडको तीनैवटा आसनबाट चुनाव लड्ने गर्‍य़ो घोषणा

गफसफ.com, 23  मार्च 202, कालेबुङ

क्रामाकपाले पनि विधानसभा चुनावमा पहाडको तीनवटै आसनबाट चुनाव लड्ने घोषणा गरेको छ। पार्टीको केन्द्रिय समितिको वैठकपछी आज पहाडको तीनवटै आसनबाट क्रामाकपाली प्रार्थीहरूको नाम पनि घोषणा गरेको छ। क्रामाकपाले कालेबुङबाट किशोर प्रधान, दार्जीलिङबाट सुनिल राई अनि खर्साङ विधानसभा आसनबाट अरूण घतानीलाई चुनावी मैदानमा उतारेको छ। 



विशेष गरेर भाजपाले विधानसभा चुनावको निम्ति लोकसभा चुनावमा गठबन्धनमा रहेका दलहरूसँग कुनै परिचर्चा नै नगरी आज तीनवटै आसनबाट प्रार्थीहरूको घोषणा गरेपछि क्रामाकपाले पनि चुनावी मैदानमा आफ्नै प्रार्थीहरू खडा गर्ने घोषणा गरेको हो। पार्टी अध्यक्ष आर.बी राईले केन्द्रिय समितिको वैठकपछी एक प्रेस बिज्ञप्ती जारी गरेर प्रार्थीहरूको नाउँ घोषणा गरेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad