पश्चिम बङ्गालमा नवौँ देखि बाह्रौँ कक्षासम्म 12 फरवरीदेखि स्कुल खोलिने शिक्षा मन्त्रीको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, February 2, 2021

पश्चिम बङ्गालमा नवौँ देखि बाह्रौँ कक्षासम्म 12 फरवरीदेखि स्कुल खोलिने शिक्षा मन्त्रीको घोषणा

गफसफ.com, 2 फरवरी 2021, कालेबुङ ।

पश्चिम बङ्गाल राज्य शिक्षा मन्त्री पार्थ च्याटर्जीले आगामी 12 फरवरी 2021 देखि नवौ कक्षादेखि 12 कक्षासम्मका विद्यार्थीवर्गका निम्ति राज्यभरिका स्कुल खोल्ने घोषणा गरेका छन्। वैश्विक महामारी कोरोना भाइरसको कारण गतवर्ष 16 मार्च 2020 देखि बन्द रहेको स्कुल अब क्रमबद्ध रूपमा खोलिने सम्भावना देखिएको छ। गत दस महिनादेखि स्कुल बन्द बनेको कारण  अनलाइन क्लास गर्न वाध्य बनेका विद्यार्थीवर्ग अब बिस्तारै आफ्ना कक्षामा फर्कन पाउने भएका छन्।



शिक्षा मन्त्री पार्थ च्याटर्जीले स्कुल खोल्न अघि शिक्षक अनि विद्यार्थीवर्गमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनलाई सरकारद्वारा तयार गरिएको मापदण्ड पूर्णरूपले पालन गर्नुपर्ने पनि बताएका छन्। यसका साथै उनले स्कुल खुले पनि अभिभावकवर्गले आफ्ना नानीहरूलाई स-शरीर स्कुल पठाउनै पर्ने बाध्यता भने रहने छैन भनि स्पष्ट पारेका छन्। यसका साथै स्कुलमा सञ्चालन हुने कक्षाको निम्ति सहभागी बन्न चाहने विद्यार्थीवर्गबाट लिखित रूपमा अभिभावकबाट अनुमति पत्र विद्यालयमा जम्मा गर्न पर्ने भएको छ।

 

No comments:

Post a Comment

Post Bottom Ad