टिस्टा नदीमा झरेको वाहनसँगै दुईजनाको शव उद्धार; तीनजनाको खोजी कार्य जारी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, February 2, 2021

टिस्टा नदीमा झरेको वाहनसँगै दुईजनाको शव उद्धार; तीनजनाको खोजी कार्य जारी

गफसफ.com, 2 फरवरी 2021, कालेबुङ ।

राष्ट्रिय राजमार्ग १० अन्तर्गत २७ माइल नजिक गत ३१ जनवरीको दिन टिस्टा नदीमा झरेको वाहनसँगै दुईजनाको शव आज उद्धार गरिएको छ। कालेबुङ जिल्ला अधिनस्त गोरुबथान स्थित अम्बियोक चियाकमानका पाँचजना मानिसहरू सवार रहेको उक्त वाहन टिस्टा त्रिवेणीमा बनभोज खेलेर फर्कने क्रममा झरेर निखोज भएको थियो।


घट्नाको जानकारी पाउनसाथै राफ्टिङ दलले टिस्टा नदीमा उक्त वाहनसँगै लापत्त बनेका मानिसहरूको खोजी अभियान गरिरहेको थियो भने आखिरमा आज वाहंसँगै दुईजनाको शव उद्धार गरिएको छ। लापत्त बनेकाहरूको खोजीमा आज आपदा प्रबन्धन समुह एस.ए.पी चौथो बटालियन अनि रिभर राफ्टिङ दलले लगातार खोजी गर्दा नदीमा वाहन फेला पार्न सकेको थियो। पछिबाट उक्त वाहनलाई बाहिर निकाल्ने क्रममा वाहनमा सवार पाँचैजना वाहनभित्रै मानिशरूले देखे पनि तीनजनाको शव भने नदीमा झरेको जानकारी प्राप्त भएको छ। नदीबाट वाहनसँगै दुईजनाको शवलाई उद्धार गरियो भने अन्यको शवको खोजी कार्य भने जारी रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad