विद्युत हड्तालको दोस्रो दिन विद्युत कर्मी दुर्घटनामा परेर गम्भीर घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, February 3, 2021

विद्युत हड्तालको दोस्रो दिन विद्युत कर्मी दुर्घटनामा परेर गम्भीर घाइते

गफसफ.com, ३ फरवरी २०२१, कालेबुङ।

अस्थायी विद्युत कर्मचारीवर्गले डाकेको दुई दिवसीय विद्युत हडतालको दोस्रो दिन आज अस्थायी विद्युत कर्मचारी तनोय पौल एक दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। कालेबुङ कलेज नजिक अवस्थित ट्राइबल गर्ल्स होस्टेलमा विद्युत मरमतीको काम गर्न विभागीय पक्षबाट दबाव दिएर पठाएकै कारण उनी दुर्घटनामा परेको उनका भाइ बिनय पौलले आरोप लगाएका छन्। बिजुली बनाउन तीन तल्ले बिल्डिङमा चडेका तनोय पौल बिल्डिङबाट झरेर गम्भीर घाइते भएका हुन्। 


बिल्डिङबाट झरेर उनी पूर्णरूपले अचेत भएपछि उनलाई तत्कालै कालेबुङ अस्पतालमा ल्याइएको थियो भने तत्कालै सीटी स्क्यान गरेर वस्था चिन्ताजनक रहेको कारण उनलाई सिलगडी रेफर गरिएको छ। उक्त घट्नापछी कालेबुङ ठिकाकर्मी सङ्गठन (विद्युत विभाग) का अध्यक्ष मनोज रावतले विद्युत हडतालको क्रममा ठेकादार अनि विभागीय पक्षले दबाव दिएर अस्थायी कर्मचारीवर्गलाई काम गर्न लगाएकै कारण यस्तो दुर्घट्ना भएको आरोप लगाएका छन् । 

"विद्युत विभागका अस्थायी कर्मचारीवर्गले दुई दिनव्यापी डाकेको राज्यव्यापी विद्युत हडताल हुँदा हुँदै ठेकादार अनि अधिकारीवर्गले अस्थायी कर्मचारीवर्गलाई काम गर्ने दबाव दिँदा नै यो दुर्घटना भएको हो। यो दुर्घटलाले अस्थायी विद्युत कर्मीहरू अत्यन्तै दुखी छन्। हामी पीडित अस्थायी विद्युत कर्मी तनोय पौलको उचित उपचारको माग गर्दै यसको जिम्मेवारी ठेकादार अनि विभागले लिनुपर्नेछ" मनोज रावतले भने। 

यता दुर्घटनामा परेर घाइते बनेका दाजुको सहीप्रकारले उपचार हुनपर्ने उनका भाइ बिनय पौलले माग गरेका छन्। "मानसिक दबावमा परेर काम गर्दा दाजुको दुर्घटनामा परेर घाइते भएका छन् । अब उनको उपचार विभाग अनि ठेकादारले गर्नुपर्नेछ" पीडितका भाइ बिनोय पौलले भने। 

उक्त दुर्घटनापछि पत्रकारहरूले विद्युत हडतालको समय अस्थायी कर्मीहरूलाई किन कार्यमा लगाइयो भनि प्रश्न गर्दा ठेकादार नारायण थापा अनि स्टेशन म्यानेजर तन्नोय चक्रवर्ती केही बोल्न मानेनन्।

No comments:

Post a Comment

Post Bottom Ad