बङ्गालमा बज्यो चुनावी बिगुल : दार्जीलिङ-कालेबुङ पाँचौ चरणमा आगामी 17 अप्रेलमा हुने चुनाव - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, February 26, 2021

बङ्गालमा बज्यो चुनावी बिगुल : दार्जीलिङ-कालेबुङ पाँचौ चरणमा आगामी 17 अप्रेलमा हुने चुनाव

गफसफ.com, 26  फरवरी 2021, कालेबुङ ।

अन्तत: पश्चिम बङ्गाल राज्यमा चुनावी बिगुल बजेको छ। चुनाव आयोगले आज विधानसभा चुनावको घोषणा गरेसँगै राज्यमा चुनावी बिगुल बजेको हो। यसका साथै पश्चिम बङ्गालमा पहिलोपल्ट आठ चरणमा विधानसभा चुनाव हुने भएको छ।


आगामी मार्च 27 देखि 29 अप्रेलसम्म हुने विधानसभा चुनाव मोठ 8 चरणमा हुनेछ भने 2 मईको दिन मतगणना हुनेछ। राज्यको मोठ 294 विधानसभा आसनमा हुने चुनावमा यसपल्ट तृणमूल कङ्ग्रेसको चुनावी प्रतिद्वन्द्विता भारतीय जनता पार्टीसँग सोझै हुने निश्चित रहेको छ।

मोठ आठवटा चरणमा सम्पन्न हुने चुनावमा दार्जीलिङ कालेबुङ जिल्लामा भने पाँचौ चरणमा आगामी 17 अप्रेलका दिन चुनाव सम्पन्न हुने भएको छ। पहिलो चरणको चुनाव 27 मार्च, दोस्रो चरण 1 अप्रेल, 6 अप्रेल, 10 अप्रेल, 17 अप्रेल, 22 अप्रेल, 26 अप्रेल, अनि 29 अप्रेलका दिन हुनेछ भने 2 मईका दिन मतगणना हुने भएको छ।

भारतको मुख्य निर्वाचन आयोगका आयुक्त सुनिल अरोडाले आज उक्त चुनावको घोषणा एक पत्रकार सम्मेलन आयोजना गरेर गरेका हुन्। बङ्गालमा सम्पन्न हुने मोठ 294 विधानसभा आसनमा 68 आसन अनुसूचित जाति अनि 16 आसन अनुसूचित जनजातिको निम्ति आरक्षित रहेको छ। यसपल्ट सम्पन्न हुने विधानसभा चुनावमा 7 करोड 32 लाख 94 हजार 982 मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गर्नेछ।

स्मरण रहोस्, बङ्गाल विधानसभाको मोठ 294 आसनमध्ये यसभन्दा अघि 211 आसनमा तृणमूल कङ्ग्रेसले विजय हासिल गरेर सरकार गठन गरेको हो। त्यसमध्ये बामदल अनि कङ्ग्रेस गठबन्धनले 72 आसनमा जित हासिल गरेको थियो भने भारतीय जनता पार्टीले केवल 3 आसनमा जित दर्ता गरेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad