नेशनल गोर्खाल्याण्ड कमिटिको अस्तित्व सङ्कटमा : डा. मुनिष तामङले दिए राजीनामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 25, 2021

नेशनल गोर्खाल्याण्ड कमिटिको अस्तित्व सङ्कटमा : डा. मुनिष तामङले दिए राजीनामा

गफसफ.com, 26  फरवरी 2021, कालेबुङ ।

छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रव्यापी रूपले अघि बढाउने उद्देश्य राखेर गठन भएको नेशनल गोर्खाल्याण्ड कमिटिको अस्तित्व सङ्कटमा पर्न गएको छ। एकपछि अर्को गर्दै एनजीसीका पद-अधिकारीवर्गले आफ्नो पदबाट राजीनामा दिइरहेको कारण एनजीसीको अस्तित्व सङ्कटमा पर्न गएको छ। यसैक्रममा एनजीसीका महासचिव डा. मुनिष तामङले आफ्नो पद अनि सधारण सदस्यताबाटै राजीनामा दिएका छन्। तामङले आज एनजीसीका अध्यक्ष ले. जेनेरल शक्ति गुरुङलाई आफ्नो राजीनामा पत्र सुम्पेका छन्।


सन् 2017 मा चलेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउन पहाडका सम्पूर्ण राजनैतिक पार्टीहरूलाई एउटै मञ्चमा ल्याएर अबिभाजित गोर्खा जनमुक्ति मोर्चाको पहलमा गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि (जीएमसीसी) को गठन भएको थियो। पछिबाट गोर्खा जनमुक्ति मोर्चाले नै जीएमसीसीलाई वेवास्ता गर्दै एकल निर्णय गर्ने कार्यको थालनी भएको थियो। यसका साथै गोजमुमो पार्टी नै विमल गुट र विनय गुटमा विभाजन भए पछि गोर्खाल्याण्ड मुद्दालाई राष्ट्रिय स्तरमा अघि बडाउन 14 सितम्बर 2017 को दिन नेशनल गोर्खाल्याण्ड कमिटि गठन भएको हो।

डा. मुनिष तामङ
“गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि (जीएमसीसी) विघटन भएपछि छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउन राष्ट्रिय स्तरका प्रवुद्ध व्यक्तित्वहरूको सक्रियतामा एउटा समुह गठन भएको हो। जुन समुह 14 सितम्बर 2017 का दिन नेशनल गोर्खाल्याण्ड कमिटिको नाउकरण गरिएको हो अनि त्यस कमिटिको वर्तमान सचिवको पदभार सम्हाली रहेको थिएँ। आज आफ्नो सचिवको पद अनि एनजीसीको सदस्यताबाट राजीनामा पत्र सुम्पिरहेको छु’ – डा.  मुनिष तामङले भने।  


उनले एनजीसी गठनको तीनवर्षको कार्यकालमा कमिटिले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई लिएर धेरै कार्यहरू गर्न सकेको बताउँदै अब आफ्नो पदबाट मुक्त हुन चाहेको पनि बताएक छन्। “मलाई एनजीसीले दिएको जिम्मेवारी इमान्दारसँग निर्वाह गरेँ। भविष्यमा पनि म एकजना गोर्खाल्याण्डको इमान्दार योद्धा बनेर लडीरहनेछु” डा. मुनिष तामङले भने। 

स्मरण रहोस्, 14 सितम्बर 2017 मा गट्न भएको नेशनल गोर्खाल्याण कमिटि (एनजीसी) बाट अहिलेसम्म छ जनाले आफ्नो राजीनामा पत्र सुम्पिसकेका छन्। यसभन्दा अघि प्रो. श्रावन आचार्य, पी अर्जुन, जोएल राई, रोश्नी राई, सुखमान मोक्तानले राजीनामा दिइसकेका छन् भने आज कमिटिका सचिव डा. मुनिष तामङले राजीनामा दिएका हुन्।

No comments:

Post a Comment

Post Bottom Ad