नेपाली साहित्यकार एवं पत्रकार समीरण प्रियदर्शीको निधनमा चिया कविताद्वारा शोक व्यक्त - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, February 13, 2021

नेपाली साहित्यकार एवं पत्रकार समीरण प्रियदर्शीको निधनमा चिया कविताद्वारा शोक व्यक्त

गफसफ.com, गान्तोक,12 जनवरी2021। नेपाली भाषाका वरिष्ठ साहित्यकार एवम् पत्रकार समीरण क्षेत्री “प्रियदर्शी” अब भौतिक रूपमा यस संसारमा रहेनन्। उनको निधनमा चिया कविता समूह,सिक्किमले हार्दिक शोक व्यक्त गर्दै शोकाकुल परिवारमा सम्वेदना प्रकट गरेको छ।  चिया कविताका संयोजक प्रवीण खालिङले प्रेस बयान जारी गर्दै सर्जक प्रियदर्शीको निधनले नेपाली आख्यान र पत्रकारिताका एकजना धरोहर व्यक्तित्व समाजबाट ओझेल भएको बताएका छन्। उनीबाट सिर्जित कथा,उपन्यास, निबन्ध र नाटकहरू नेपाली साहित्यको अमूल्य निधिमा उनी बाँचिरहने तथा उनले डोहोराएका पत्रकारिताको गोरेटो हिँडेका युवा पुस्ताका पत्रकारितामा उनको निर्भीक पत्रकारिताको अवशेष अनन्तकाल सम्म रहिरहने विश्वास व्यक्त गरेका छन्। 


उनको काम र योगदानलाई अलिक ढिलै भएपनि समाजबाट सरकारबाट मूल्याङ्कन भएको उल्लेख गर्दै अब उनको कृतिलाई अझ सोध र अध्ययनको विषय बनाउनु पर्ने तथा अप्रकाशित रचनाहरू प्रकाशित गरेर पाठक र समाजको उज्यालोतिर ल्याउन जिम्मेवारी लिएर कार्य पुरा गर्नु उनको निम्ति साँचो श्रद्धाञ्जली हुने संयोजक खालिङले प्रेस बयानमा उल्लेख गर्दै समाजका सबै अङ्गलाई आह्वान समेत गरेका छन्। 


सन् 1935 सालमा दार्जीलिङको पात्लेबाँस रानीवनमा जन्मिएका क्षेत्रीले शुक्रबार बिहान लगभग 6 बजी 86 वर्षीय क्षेत्रीले सिलगढीको कोलाबारीस्थित निजी निवासमा अन्तिम स्वास लिए। उनी केही समयदेखि बिरामी अवस्थामा थिए।


नेपाली साहित्य भण्डारमा एक दर्जनभन्दा बढी साहित्यिक कृतिहरू दिएका साहित्यकार क्षेत्रीको कथा संग्रह गैरीगाउँकी चमेलीलाई 2009-मा साहित्य एकाडेमी पुरस्कार प्राप्त भएको थियो। सन् 1960-को दशकबाट साहित्य लेखन शुरू गरेर उनले नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउन साहित्यका विभिन्न विधामा कलम चलाएका छन्। उनका साहित्यिक कृतिहरूमा फुटेको मुरली (कथा संग्रह), अर्को मान्छे (कथा संग्रह) असफल चित्रकार (कथा संग्रह), गैरीगाउँकी चमेली (कथा संग्रह), नीलो झिंगा (कथा संग्रह), निर्वाणको रात (कथा संग्रह), बलिवेदी (उपन्यास), पोखिएको जिन्दगी (उपन्यास), यमाराजको दरवार(पूर्णाङ्की नाटक) अनि सिक्किमको प्रजातान्त्रिक आन्दोलनको इतिहास प्रमुख हुन्। उनले पत्रकारिताको क्षेत्रमा सन् 1983-मा निवेदन नामक न्यूजलेटरबाट यात्रा आरम्भ गरेर नेपाली समाचार-पत्रहरू हिमाली आभा दैनिक, हिमालचुली, दार्जीलिङ टाइम्स, हिमाली बेला र झिल्काको सम्पादन गरे। क्षेत्रीले सन्  1987-मा रेडियो नाटक राष्ट्रिय पुरस्कार प्राप्त गरेका हुन् भने 1998-मा आशारानी चामलिङ निर्माण पुरस्कार, 2006-मा प्रथम पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कार, 2007-मा पूर्ण राई स्मृति पुरस्कार, 2009-मा साहित्य एकाडेमी पुरस्कार, 2015-मा कञ्चनजंघा कलम पुरस्कार, 2019-मा काशीराज प्रधान लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका हुन्। नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा उनले अमूल्य योगदान दिएका छन्। क्षेत्रीले आफूपछि एक छोरा, एक छोरी, बुहारी र नाती-नातीनी छोडेर गएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad